
म्यूजिक भिडियो नियमित हेर्ने दर्शकका लागि कुन्साङ बोम्जन नयाँ अनुहार होइनन् । उनले ३५/४० वटा म्यूजिक भिडियोमा काम गरिसकेका छन् । फिल्ममा भने उनको डेब्यु ‘दान्भी’बाट भएको छ । यही असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर उनी जति उत्साहित छन्, आफ्नो काम रुचाइनेमा आशावादी पनि देखिन्छन् । फिल्ममा उनको चरित्रको नाम ‘सारांश’ हो ।

नेपाली फिल्मको सफल जोडी मानिएका दयाहाङ राई र मिरुना मगरको नयाँ फिल्म ‘घरज्वाइँ’ यही असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । युट्युबमा टिजरले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहँदा निमाण टिमले प्रचारलाई पनि तीव्रता दिन थालेको छ । त्यसको सुरुवात शनिबार टुँडिखेलमा भएको मगर समुदायको पर्व ‘भूमे’को अवसरमा आयोजित विशेष कार्यक्रमबाट गरियो ।

फिल्म ‘बोक्सीको घर’ बक्स अफिसमा नपत्याउने खोला बनेर निस्कियो । ‘चल्छ र ?’ भनेर धेरैले आशंका गरेको यो फिल्मले हलमा प्रदर्शनको ५१औं दिन मनाउँदै १० करोडमाथि व्यापार गरेको छ । जबकि, फिल्ममा एक करोड पनि लगानी छैन । यो फिल्मबाट सबैभन्दा बढी फाइदा अभिनेत्री केकी अधिकारीलाई भएको छ । निर्मात्री समेत भएकाले उनले निकै ठूलो मुनाफा कमाएकी छन् ।

नेपालको ‘नम्बर वान’ ओटीटीको रुपमा आफ्नो स्थान बनाएको सिनेमाघर एपमा लगातार सफल फिल्महरु रिलिज भइरहेका छन् । ‘कबड्डी ४’, ‘जारी’, ‘महापुरुष’, ‘जय भोले’, ‘मंगलम’ जस्ता सफल फिल्म रिलिज भइसकेको यो एपमा गत महिना ‘चपली हाइट ३’ आएको थियो । यसैबीच, शनिबारबाट एपमा अघिल्लो वर्षको सुपरहिट फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ रिलिज गरिएको छ ।

गत वर्ष घोषणा गरिएको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आगामी नोभेम्बर १६ अर्थात् मंसिर १ गते अमेरिकास्थित सन फ्रान्सिस्कोमा आयोजना हुने भएको छ । ‘सतीदेवी’ निर्माण कम्पनी गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया र हिमालयन फाउन्डेसन कर्पले संयुक्त रुपमा आयोजना गर्न लागेको अवार्डको बारेमा बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच जानकारी गराइएको थियो ।

‘छक्का पञ्जा’ टिमको भरपर्दो खब्बा थिए, जितु नेपाल । ‘६ एकान ६’देखि दीपक-दीपा समूहको फिल्ममा उनी टुटेका थिएनन् । यो समूहको फिल्म चल्नुमा उनको पनि ठूलो भूमिका थियो । तर, ‘महानायक’ विवादको समयमा जितुले आफ्नो नामको कमेडी शोको अध्यक्षबाट दीपाश्री निरौलालाई हटाएपछि उनलाई पनि टिमबाट हटाइयो । यसपछि जितुले आफ्नै हिसाबले काम गरिरहेका छन् ।

