Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2431 - 2436 of 24232
फिल्मीखबर, काठमाडौं, 2024-10-14, सोमवार

दशैंको समय फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यो चाडमा सबैजसो उमेरका मानिसका लागि मनोरञ्जन पहिलो प्राथमिकतामा पर्छ । यसैले दशैंमा फिल्म लगाउँदा बढी व्यापार हुन्छ भन्ने विश्वास निर्मातामा देखिन्छ । यसपालिको दशैंको फूलपातीमा आएका तीन नेपाली फिल्म ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले दशैं विदाको महत्त्व अझ बढाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-10-14, सोमवार

९ वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखलाको छायांकन सुरु भएको छ । दशैंको अवसर पारेर सोमबार बुढानिलकण्ठ मन्दिरमा मुहूर्त गरेपछि काठमाडौंबाट ‘फेरि रेशम फिलिली’को दृश्य खिच्न सुरु गरिएको हो । नवमीको दिन ‘एनिमेडेट’ टिजर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको थियो, जसले फिल्मको कथासार बुझाउँछ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-13, आईतवार

लामो समयदेखि नेपाली फिल्ममा कलरिष्टको रुपमा काम गर्दै आइरहेका जुनिम गहतराजको डेब्यु निर्देशकीय फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । दशैंको अवसर पारेर शनिबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-10-13, आईतवार

साउथ सुपरस्टार यशलाई फिल्म ‘केजिएफ’को दुईवटा श्रृंखलाको सफलताले करिअरको उचाइँमा पुर्‍यायो । यही फिल्मका कारण विश्वभर ठूलो ख्याती कमाएका उनी यतिबेला साउथका सर्वाधिक डिमान्डेड र महंगा अभिनेतामा पर्छन् । थुप्रै कन्नड फिल्ममा अभिनय गरिसकेका ३८ वर्षिय यश ‘रकिङ स्टार’को रुपमा चिनिन्छन् । उनको वास्तविक नाम भने नवीन कुमार गौडा हो ।

फिल्मीखबर, काठमाडौं, 2024-10-12, शनिवार

आज नेपालीहरुको महान् चाड विजया दशमी अर्थात् दशैंको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं जमरा लगाउँदै दशैं मनाइँदैछ । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-11, शुक्रवार

९ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । ‘फेरि रेशम फिलिली’ शीर्षकमा बन्न लागेको फिल्मको शुक्रबार एक पोस्टरमार्फत् कलाकारको ‘लाइनअप’ सार्वजनिक गरियो । अघिल्लो श्रृंखलाका मुख्य कलाकारद्वय विनय श्रेष्ठ र कामेश्वर चौरासियालाई लिएर बन्न लागेको फिल्ममा अभिनेत्री मेनुका प्रधान भने नदोहोरिने भएकी छन् ।

Results : 2431 - 2436 of 24232
Most Visited News (monthly)