Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1333 - 1338 of 24235
फिल्मीखबर, काठमाडौं, 2025-08-12, मंगलवार

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अभिनेता विजय बरालको करिअर नै कायापलट गर्‍यो । यसअघि सहायक भूमिकामा सीमित भएका उनलाई ‘सारङ्गी’को व्यावसायिक सफलतापछि मुख्य भूमिकामा फिल्म अफरको ओइरो लागेको छ । उनको पारिश्रमिक नै झन्डै चार गुणाले बढेको छ । अहिले उनी महंगो पारिश्रमिक बुझ्ने नेपाली अभिनेताको ‘टपटेन’ सूचीभित्र अटाउँछन् ।

फिल्मीखबर, काठमाडौं, 2025-08-12, मंगलवार

अभिनेत्री द्वय रेखा थापा र पूजा शर्मा ‘उपहार’पछि एकपटक फेरि फिल्ममा देखिने तयारीमा छन् । उनीहरुले कहिले ‘काली २’ त कहिले नयाँ एक्सन फिल्ममा काम गर्ने चर्चा चलेको भए पनि अब भने फिल्मको नाम यकिन भएको छ । ‘छत्तिसको आँकडा’ नामको फिल्ममा उनीहरुले सहकार्य गर्न लागेका हुन् । यसलाई ‘कस्ले चोर्‍यो मेरो मन’का निर्देशक सविर श्रेष्ठले निर्देशन गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2025-08-11, सोमवार

‘कौसीद’ फिल्मका निर्माता केदार भुसालले निर्माण गरेको नेपाली वृत्तचित्र ‘जहाँ फुल्छ गुराँस’ (द प्लेस ह्वेयर रेडोडेन्ड्रोन्स ब्लोम) दक्षिण एशियाली निर्माताको डकुमेन्ट्री परियोजना विकासमा केन्द्रित सिर्जनात्मक ल्याब ‘डक प्रोड्युसिङ साउथ’मा छनोट भएको छ । ६० बढी भाषाका १११ वटा आवेदनहरूमध्ये नेपालबाट उक्त वृत्तचित्र छानिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-08-11, सोमवार

आगामी भदौ २० गतेदेखि ‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरूङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’ प्रदर्शनमा आउने तयारीमा छ । दुई साताअघि सार्वजनिक टिजरले दर्शकमाझ चर्चा बटुलिरहँदा टिमभित्र भने विवाद देखिएको छ । निर्माताले प्राविधिकदेखि कलाकारसम्मको पूरा पारिश्रमिक अझै तिर्न बाँकी हुँदा फिल्मका मुख्य कलाकारले नै प्रचार बहिष्कार गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-08-11, सोमवार

पछिल्लो समय टिकटक पृष्ठभूमिका कलाकारहरुको फिल्ममा डेब्यु गर्ने लहर नै देखिएको छ । गरिमा शर्मा, सनिशा भट्टराई, पवित्रा साकी (मिस पबी), सिम्रन पन्त जस्ता टिकटकरले फिल्मी करिअर सुरु गरिसकेको अवस्था अब अर्की टिकटक ‘स्टार’ आभा ढुंगानालाई पनि फिल्ममा देख्न पाइने भएको छ । उनले फिल्म ‘कश्यप’बाट डेब्यु गर्न लागेकी हुन् । 

फिल्मीखबर, काठमाडौं, 2025-08-11, सोमवार

कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक गरिएको छ । सोमबार बिहान युट्युबमार्फत सार्वजनिक साढे २ मिनेटभन्दा लामो टिजरले फिल्मको कथा लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङमा आधारित रहेको जानकारी दिन्छ । टिजर मूलतः च्याब्रुङ बजाउन नआउने नाम्साङ (दयाहाङ राई)को वरिपरि घुमेको छ । 

Results : 1333 - 1338 of 24235