मिति : २०८२ वैशाख २१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1327 - 1332 of 22573
एजेन्सी, काठमाडौं, २०८१ ज्येष्ठ ३, बिहिवार

बलिउड सेलिब्रेटीहरुमा ‘पर्सनालिटी राइट्स’ (व्यक्तित्व अधिकार)को चिन्ता बढ्दो देखिएको छ । त्यसका लागि उनीहरुले कानुनी बाटो रोज्न थालेका छन् । दुई वर्षअघि अभिनेता अमिताभ बच्चनले आफ्नो अनुमतिबिना व्यावसायिक लाभका लागि आवाज, तस्वीर र चालढाल प्रयोग भएको भन्दै अदालतमा मुद्धा हालेका थिए । पछि उनलाई पछ्याउँदै अभिनेता अनिल कपूर पनि अदालत पुगे ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ २, बुधवार

प्रख्यात क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्धामा सफाई पाएपछि फिल्मकर्मीहरुले पनि खुसी व्यक्त गरेका छन् । बुधबार उच्च अदालत, पाटनले जिल्ला अदालत, काठमाडौंले गत पुषमा गरेको फैसला (दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति) उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेपछि फिल्मकर्मीहरुले उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ २, बुधवार

नेपालको ‘नम्बर वान’ ओटीटी प्लाटफर्म सिनेमाघर एपले बक्स अफिसमा सफल भएका फिल्मलाई निरन्तर रिलिज गरिरहेको छ । ‘कबड्डी ४’, ‘महापुरुष’ र जारी’ले यो एपलाई नै ‘रि-ब्रान्डिङ’ गर्‍यो । मंगलबारबाट यसमा फिल्म ‘चपली हाइट ३’ रिलिज गरिएको छ । कोरोनाका कारण हल रिलिजमा ठूलो आर्थिक घाटा बेहोरेको यो फिल्म अब सःशुल्क रुपमा सिनेमाघर एपमा हेर्न सकिनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ २, बुधवार

अहिलेको समयका बिकाउ अभिनेता हुन्, प्रदीप खड्का । उनको स्टारडमले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा देखिन्छ । यसैले फिल्ममा उनको माग उच्च छ । ‘प्रेमगीत’बाट स्टारको रुपमा उदाएका उनले लामो समय वर्षमा एक/दुईवटा फिल्ममा मात्र काम गरे । अब भने उनले काम गर्ने शैली बदलेका छन् । यस वर्षदेखि प्रदीपले वर्षमा ३/४ वटा फिल्ममा काम गर्ने नीति लिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ २, बुधवार

सुपरस्टार भुवन केसीको करिअरको कोशेढुंगा मानिन्छ, ‘करोडपति’ । यो फिल्म निर्माण गर्ने बेला धेरैलाई उनलाई ‘कि भुवन केसी करोडपति हुन्छ, कि रोडपति हुन्छ’ भनेर टिप्पणी गरेका थिए । भुवनलाई फिल्मले नामजस्तै करोडपति नै बनायो । उनलाई नाफा मात्र डेढ करोड भएको थियो । यो दुई दशकअघिको कुरा हो । अब फेरि भुवनले यही नाममाथि फिल्म बनाउन लागेको चर्चा छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ १, मंगलवार

सरकारले नेपालमा छायांकनका लागि विदेशी फिल्मका निर्मातालाई आकर्षित गर्ने नीति लिएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष  २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हलिउड र बलिउड फिल्म निर्मातालाई नेपालमा छायांकनका लागि आकर्षित गरी फिल्म पर्यटन प्रवर्द्धन गरिने जानकारी दिए ।

Results : 1327 - 1332 of 22573