Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7345 - 7350 of 24295
एजेन्सी, मुम्बई, 2021-05-25, मंगलवार

साउथ फिल्मकी चर्चित अभिनेत्री श्रुति हासन तमिल फिल्मका स्टार कमल हासन र सारिकाकी छोरी हुन् । कमल र सारिकाको विवाह बन्धनमा बाँधिएको १६ वर्षपछि डिभोर्स भएको थियो । त्यसबेला श्रुति हासन टिनएज उमेरमा थिइन् भने उनकी बहिनी अक्षरा सानै थिइन् । अब श्रुति हासन साउथ फिल्मकी लिडिङ स्टार बनिसकेकी छन् । उनको खातामा कयौं सुपरहिट फिल्म छ ।

फिल्मीखबर, काठमाडौं, 2021-05-25, मंगलवार

विश्वभर संगठन विस्तार गरेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले कोरोनाका बिरामीका लागि अक्सिजन सहयोग गरेको छ । विश्वभरका इनासका समितिहरुबाट प्राप्त रकमबाट ५० थान अक्सिजन रिफिल गरी मंगलवार काठमाडौं बालाजुस्थित जनमैत्री अस्पताललाई हस्तान्तरण गरिएको इनासका नेपाल संयोजक तथा गीतकार दयाराम पाण्डेले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2021-05-25, मंगलवार

अभिनेता तथा चर्चित ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण सोमवार निधन भएको हो । गएको २० दिनदेखि कोरोनालाई जित्ने प्रयासमा रहेका उनको उपचारको क्रममा निधन भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2021-05-24, सोमवार

पहिलो फिल्म ‘विक्की डोनर’ देखि पछिल्लो फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ सम्म हेर्ने हो भने अभिनेता आयुष्मान खुरानाले हरेक फिल्ममा फरक फरक भूमिका निर्वाह गरेका छन् । यही कारण बलिउड इन्डस्ट्रीमा उनको एक अलग पहिचान छ । उनको अलग जनराका फिल्म दर्शकले निकै रुचाएका छन् । तर, उनी भने आफ्ना बच्चालाई आफ्नो फिल्म देखाउन मन पराउँदैनन् । 

फिल्मीखबर, काठमाडौं, 2021-05-24, सोमवार

कोरोना महामारीबाट विश्व नै प्रभावित भएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । दैनिक संक्रमितको संख्या उकालो लाग्दो छ भने २ सय जनाले दिनहुँ ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा जनताको आशाको केन्द्र राजनीतिक भने भद्रगोल छ । कोरोना महामारीविरुद्ध लड्न राजनीतिक पार्टीहरु एकजुट हुनुपर्ने समयमा सबै सत्ताको लुछाचुडी अल्झिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-05-24, सोमवार

एक समय लभस्टोरी फिल्ममा अभिनेता राजबल्लभ कोइरालाको राम्रो माग थियो । फिल्म ‘पर्खी बसेँ’ बाट लिड हिरोको रुपमा डेब्यू गरेका उनले आफ्नो करिअरमा ‘मसान, छोडी गए पाप लाग्ला’ जस्ता केही सम्झनलायक फिल्ममा काम गरेका छन् । तर, एक दशकयता उनलाई दर्शकले ठूलो पर्दामा हेर्न पाएका छैनन् । उनी लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आएका छन् ।

Results : 7345 - 7350 of 24295