मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

फ्रेण्डसिप, लभ र रेस्पेक्टको डेफिनेशन 'इशारा'

फिल्मीखबर, काठमाण्डौ, 2012/03/13

सन् २००३ सालमा बनेको चलचित्र दुई किनाराबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता भुपेन चन्दले आफू अभिनित पछिल्लो चलचित्र 'इशारा' लाई फ्रेण्डसिप, लभ र रेस्पेक्टको डेफिनेशन दिने चलचित्र भएको बताए । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र 'इशारा' लाई आफ्नो कमव्याक चलचित्रको रूपमा लिएका भुपेनले यो चलचित्रले हरेक बर्गलाई प्रतिनिधित्व गर्ने बताए ।

 

दुई किनारा र को होला मेरो मायालुमा अभिनय गरेर रजतपटबाट केहि समयका लागि टाढिएका भुपेन अब नेपाली चलचित्रमा निरन्तर लाग्ने बताए । उनले भने, 'आफू भित्र केहि कमिकमजोरी देखेर अध्यनका लागि बिचमा हराएको हुँ तर अब पूर्ण रूपमा यहि क्षेत्रमा नै लाग्छु ।' भारतको किशोर नमित कपूर एक्टिङ ल्याबमा एक बर्ष अध्यन गरेर अभिनयलाई अझ तिखार्न भुपेनले अमेरिकामा थिएटर आर्टमा दुई बर्षे कोर्ष पनि गरे । यहि अध्ययनलाई व्यवहारमा उतार्न उनले 'इशारा' मा काम गरे । इशारामा आफूले गरेको कामलाई दर्शकले रूचाउनेमा उनी बिश्वस्त छन् ।

 

पाईलटको अध्यन गरेका भुपेन त्यसलाई चटक्कै छाडेर अभिनयमा लागेको र अहिले यो क्षेत्रबाट आत्मसन्तुष्टी मिलेको बताए । उनले भने, 'जुन फिल्डमा लागिन्छ त्यो फिल्डमा रमाउन जान्नु पर्छ ।' अभिनयलाई नजिकबाट बुझेको बताउने भुपेनले स्टाईललाई हैन क्यारेक्टरलाई ध्यान दिने बताउँछन् । उनी भन्छन्, 'हामी कहाँ स्टाईललाई जोड दिईन्छ तर राम्रो कलाकार हुन क्यारेक्टरमा जोड दिनुपर्छ र आफूले पाएको क्यारेक्टरलाई न्याय गर्नुपर्छ ।' चलचित्र इशारामा आफू भुपेन नभएर सो चलचित्र भित्रको पात्र आनन्द देखिने उनको भनाई छ । त्यसैले हरेक दर्शकलाइ उनी एक पटक आफ्नो काम हेरिदिन आग्रह गर्छन् ।

 

हरेक पटक नयाँ काम गरौं भन्ने सोच राख्ने भुपेनले इशारा पछि नयाँ नेपाल एक्स्प्रेस र माया गर ल नामका दुई चलचित्रमा काम गरे । भुपेनको यि तीनै चलचित्र प्रदर्शनको क्रममा रहेका छन् ।