मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

होलीमा तुलसी प्रोमो रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/03/07

नायिका ऋचा घिमिरेको ड्रिम प्रोजेक्ट चलचित्र 'तुलसी' को प्रोमो होलीको अवसर पारेर फिल्मीखबरले रिलिज गरेको छ । रंगहरूको पर्व र खुसी साटासाट गर्ने पर्व भएकाले आफ्ना शुभचिन्तकहरूलाई होलीको उपहार स्वरूप प्रोमो रिलिज गरेको नायिका तथा प्रस्तुतकर्ता ऋचा बताउँछिन् ।

 

शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बनेको सो चलचित्र जातिय छुवाछुतमा आधारित सामाजिक चलचित्र हो । ऋचा घिमिरे, बिमलेश अधिकारी, आयुष रिजाल, बिष्णु सापकोटा, जयकिशन बस्नेतले चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका छन् । नयाँ बर्ष २०६९ को सन्दर्भमा रिलिज टार्गेट गरिएको यो चलचित्रलाई अमेरिका, युरोप, अष्ट्रेलिया, कोरिया, हङकङ, चीन लगायतका मुलुकमा स्क्रिनिङ गर्ने तयारी गरिंदैछ ।

 

शिबम अधिकारीको लेखन रहेको चलचित्र 'तुलसी' मा रञ्जित गजमेरको संगीत, दिपक बज्राचार्यको छायाँकन, गोबिन्द राई र राजु शाहको करियोग्राफी, सानु कुमारको एक्सन तथा शिब पुरीको सम्पादन रहेको छ । चलचित्रका गीतलाई सुरेश अधिकारीले लेखेका हुन् । चलचित्रको अधिकांश छायाँकन पोखराको पर्यटकिय गाउँ धम्पुसमा गरिएको हो ।