मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचाको जन्मदिनमा तुलसीको फष्टुलक पोष्टर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/02/21

पोष्ट प्रोडक्सनमा एक बर्ष थन्किएको शंकर घिमिरे निर्देशित सिनेमा 'तुलसी' को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रकी प्रस्तुतकर्ता तथा नायिका ऋचा घिमिरेले आफ्नो जन्मदिनको अवसर पारेर सो पोस्टर सार्वजनिक गरेकी हुन् ।


दुई बर्ष अगाडी सुटिङ गरिएको सो चलचित्रको अहिले सम्म औपचारिक रूपमा फोटो समेत सार्वजनिक गरिएको थिएन । तस्विर सार्वजनिक गर्ने बित्तिकै कथाको थिम झल्किने हुनाले पब्लिसिटीमा चुप लागेर बसेकी ऋचाले जन्मदिनको उपहार भन्दै पोस्टर सार्वजनिक गरेको फिल्मीखबरलाई जानकारी गराईन् । पोस्टरमा ऋचाको साथमा तुलसी डेब्यू हिरो बिमलेश अधिकारीलाई प्रस्तुत गरिएको छ ।
 

आयुष रिजाल, बिष्णु सापकोटा, जयकिशन बस्नेतको पनि मुख्य भुमिका रहेको चलचित्र 'तुलसी' सामाजिक कथामा आधारित चलचित्र हो जसलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् ।  नयाँ बर्ष २०६९ को सन्दर्भमा रिलिज टार्गेट गरिएको यो सिनेमाबाट निर्देशक घिमिरे पूर्ण सफलता पाउनेमा आशावादी छन् । सिनेमाको कन्टेन्ट, क्वालिटी र प्रस्तुतीकरणले सम्पूर्ण यूनिटले तारिफ पाउने शंकरले विश्वास लिएका छन् । उनी भन्छन्, 'मौलिक सिनेमाको कथाले दर्शकको मन सत प्रतिशत छुनेछ ।'

 

आफ्नो २९ औं जन्मदिन सेलिब्रेट गरिरहेकी ऋचाले पनि चलचित्र राम्रो बनेको र यसको कथाबस्तु र प्रस्तुतीलाई दर्शकले रूचाउने आश गरेकी छिन् । त्यसैले पनि उनी चलचित्रलाई वर्ल्डवाईड रिलिज गर्न चाहन्छिन् । पब्लिसिटीलाई बिस्तारै अगाडी बढाउने बताउँदै ऋचाले केहि दिनमा प्रोमो पनि सार्वजनिक गर्ने बताईन् ।

 

शिबम अधिकारीको लेखन रहेको चलचित्र 'तुलसी' मा रञ्जित गजमेरको संगीत, राजुबिक्रम थापाको छायाँकन, गोबिन्द राई र राजु शाहको करियोग्राफी, सानु कुमारको एक्सन तथा शिब पुरीको सम्पादन रहेको छ । चलचित्रका गीतलाई सुरेश अधिकारीले लेखेका हुन् भने निर्माताको रूपमा मनोज कुमार घिमिरे पनि रहेका छन् ।