मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्रुनाईमा राजेशको साँगितिक धामाका

भुमिराज राई, ब्रुनाई, 2012/01/14

साँगितिक कार्यक्रमका लागि नेपालबाट सफल र लोकप्रिय भर्सटायल गायक राजेश पायल राई ब्रुनाई आईपुगेका छन् । पहिलो पल्ट ब्रुनाईमा आफ्नो गीत लाईभ रुपमा सुनाउन पाउने अवसरका लागी फ्यान र आयोजकलाई धन्यबाद भनेर कुराकानी थालेका गायकले कार्यक्रममा दर्शकहरुको चाहना बमोजिमका आफ्ना सम्पूर्ण हिट नम्बरहरूका अलावा स्थानीय सर्जकहरुको सिर्जनामा रेकर्ड भएका गितहरूले पनी गुन्जने अवसर प्राप्त गर्ने खुलासा गरे ।

 
निक्कै सभ्य रुपमा कुराकानीका लागि प्रस्तुत भएका गायकसंगको अनौपचारिक कुराकानीमा अफगानिस्थानमा आफ्नो कर्तब्य पालनाका क्रममा बिद्रोहीहरुको हमलामा परि बीरगति पाएका बीरयोद्दा बिजय राई प्रति साँचो श्रद्दान्जलिका लागि पनि आफुले यो कार्यक्रमलाई महत्वका साथ समय दिएको बताए ।  आयोजकहरुले आफुले अन्य देशहरुमा लिने गरेकै पारिश्रमिक दिएर आफ्नो ब्याबसायिक जिबनलाई पनि स्थिर राख्न मद्दत गरेको प्रति भने आफु खुसि रहेको जानकारी दिए उनले ।

कार्यक्रम बिजय राई प्रति समर्पित भएकाले पनि शनिबार हुने कार्यक्रममा राजेशले शुरुवात कोसोभो र कारगिल गीतको अंग्रेजी भर्सनको गीतलाई कोसोभो एण्ड कारगिलको ठाउँमा अफगान एण्ड ईराक राखेर प्रस्तुत गर्ने भएका छन् ।  शुक्रबार साँझको रिहर्सलमा सुमधुर श्वरका धनि गायक पायलले अचम्म भो, सागर सरि, अफगान एण्ड इराक लगायतका गीतहरु प्रस्तुत गरेका थिए । गायक राईसंगै कार्यक्रममा सहभागी हुन आएकी मोडल हेमा गुरुङ भने अस्वस्थताका कारण उपस्थित नभएको आयोजकहरुले जानकारी दिए ।



गायक राईसंगको कुराकानी कै क्रममा 'सबैले घमण्डी गायक भन्छन् नि ?' भन्ने प्रश्नको जवाफमा आफु स्पष्ट बोल्ने भएकैले यो आरोप लागेको हुन सक्ने संकेत गर्दै आफ्नो अगाडी भने आज सम्म कसैले घमण्डी नभनेको कुरा बताए । 'कहिले सम्म राई ईज किंगको श्वर सुन्न पईन्छ होला ?' भन्ने जिज्ञासाको जवाफमा उनले श्रोताहरुले माया गरुन्जेल गायनलाई निरन्तरता दिने बताए ।

प्रति टिकेट ब्रुनाई डलर $३० तोकिएको प्रति असन्तुष्ट धेरैलाई कार्यक्रममा मनोरंजन सहित नौलो अनुभूतिको अवसर प्राप्ति र प्रतिभाशाली गायक राजेश पायल राईको प्रस्तुति हेरी सके पछी ३० डलरको भ्याल्लु उठेको अनुभब हुने प्रति ढुक्क हुन आयोजक सदस्य मिलन चाम्स र जितेन्द्र चेम्जोंगले आश्वासन दिए ।