मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘आई एम सरी’ को गीत प्रिमियर

सन्जोग बस्याल/रेम बिक, पोखरा, 2011/12/28

सामान्यत प्रचारबाजीका लागी चलचित्रकर्मीहरुले काठमाण्डौका मिडिया रोज्ने गरेको पाईन्छ । काठमाण्डौकै कुनै मिडियाबाट प्रचार गर्यो भने नेपालभर चर्चित भईन्छ भन्ने सम्पुर्ण फिल्मकर्मीको कुरालाई माथ हान्दै यहि माघ २७ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘आई एम सरी’ को टिमले भने पोखराको विग एफएमको साथमा फिल्मीखबर डटकमबाट चलचित्रको गीत वर्ल्ड प्रिमियर गरेको छ । 

चलचित्रको ‘किन हो किन’ र ‘म छु यहाँ मेरो मन’ बोलको दुई गीत विग एफएमको चलचित्र सम्बन्धि कार्यक्रम ‘फिल्म डटकम’ मार्फत प्रस्तोता संजोग बस्यालले प्रिमियर गरे भने फिल्मीखबरले 'किन हो किन...' बोलको गीतलाई मात्र प्रिमियर गर्यो । पोखरा र पोखराकै आसपासमा समेत शुटिङ गरिएको चलचित्र ‘आई एम सरी’ को दुवै गीत गायक दिपक लिम्बुले गाएका छन् । गीतमा गायक लिम्बुलाई अन्जु पन्तले सघाएकी छिन् भने ‘म छु यहाँ मेरो मन...’ भन्ने गीतमा भने लिम्बुले गायिका प्रविशा अधिकारीको साथ पाएका छन् । दुवै गीत प्रदिप भारद्वाजले लेखेका हुन् भने 'किन हो किन...' मा दिपक भट्टराई र ‘म छु यहाँ मेरो मन...’ मा ताराप्रकाश लिम्बुको संगीत छ ।

गीत प्रिमियर पश्चात निर्देशक दिनेश राउतले भने, ‘संगीतको साथसाथै हरेक पक्षमा हामीले मेहनत गरेका छौं । चलचित्रले उद्योगमा नयाँ आयाम थप्नेमा हामी ढुक्क छौँ ।' सहन मुभी मेकर्सको प्रस्तुती रहेको चलचित्र ‘आई एम सरी’ निर्देशक राउतको डेब्यु निर्देशन चलचित्र हो । पछिल्लो समयमा फुर्सदिला भएका चलचित्रका नायक आर्यन सिग्देलले पनि आफु यो चलचित्रबाट निकै आशाबादी रहेको बताए । ‘यो चलचित्रले मेरो लभरब्वाई छवि परिवर्तन गरेर नयाँ खाले भुमिकामा मलाई देखाएको छ’ चलचित्रमा एक ट्याक्सी ड्राईभरको रुपमा देखिन लागेका नायक सिग्देलले भने, ‘फिल्म धेरै राम्रो बनेको छ । यसले पुनः एकपटक आर्यन सिग्देललाई शिखरमा पुर्याउनेछ ।’

अभिनयको हिसाबले ‘स्वर’ डेब्यु नायिका केकी अधिकारीको यो दोस्रो चलचित्र हो । ‘निकै मेहेनत गरेकी छु', केकीले आशाबादी हुँदै भनिन्, ‘पक्कै पनि मेहेनतको फल मिठो हुन्छ ।’ ‘मशान’ बाट राम्रो तारिफ पाएकी केकी यस चलचित्रबाट पनि राम्रै प्रशंशा पाउनेमा ढुक्क छिन् । हरि महत निर्माता रहेको ‘आई एम सरी’ को निर्माणमा कुनै सम्झौता नगरिएको दावी समेत गरिएको छ ।

चलचित्रमा ४ वटा गीतहरु छन् । ताराप्रकाश लिम्बु र दिपक भट्टराईको संगीत रहेको सो चलचित्रमा द्वन्द रोशन श्रेष्ठ, सम्पादन सुरेन्द्र पौडेलको छ भने छायाँकन पुरुषोत्तम प्रधानले गरेका हुन् । कविराज र शिव बिकको नृत्य निर्देशन रहेको चलचित्र प्रदिप भारद्वाजले लेखेका हुन् । चलचित्रलाई सुनिल मानन्धरले वितरण गरेका हुन् ।

 

'किन हो किन...'

http://www.4shared.com/mp3/4U-MgYes/Kina_Ho_Kina.html