मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'ब्रेक फेल' की मुईयाँ कोरियामा

फिल्मीखबर, काठमाण्डौ, 2011/09/11

हाल देशभरका सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र 'ब्रेक फेल' की मुईयाँ अर्थात नायिका ऋचा घिमिरे आइतवार कोरिया प्रस्थान गरेकी छिन् । चितवन समाज कोरियाको आयोजनामा हुन लागेको साँस्कृतिक कार्यक्रममा सहभागी हुन उनी राति ११ बजेको बिमानबाट कोरिया प्रस्थान गरेकी हुन् ।

 

पहिलो पटक कोरिया जान लागेकी ब्रेक फेल मुईयाँ ऋचा दुई वटा गीतमा आफ्नो कला प्रस्तुत गर्ने भएकी छिन् । आगामी मंगलबार अर्थात सेप्टेम्बर १३ का दिन हुने सो कार्यक्रममा उनले आफ्नै होम प्रोडक्सनको चलचित्र 'ब्रेक फेल' को चर्चित गीत 'नाच मुईयाँ नाच...' मा आफ्नो नृत्य कला प्रस्तुत गर्दैछिन् । यसका साथै उनी चलचित्र सम्झनाको कहाँ होला कस्तो होला बोलको गीतमा पनि नाच्ने भएकी छिन् ।

 

चलचित्र ब्रेक फेलको 'नाच मुईयाँ नाच' बोलको गीतलाई सबैले रूचाएको र बिदेश बस्ने नेपालीहरूलाई अझ मन पर्ने हुनाले सो गीतमा नाच्न लागेको ऋचाको भनाई छ । एक दिने सो साँस्कृतिक कार्यक्रममा नायिका ऋचाको साथमा गायिका कोमल ओली, गायक निमा रूम्बा, मिलन लामा तथा हाँस्यकलाकार जितु नेपालले पनि आ-आफ्नो कला प्रस्तुत गर्ने भएका छन् ।