मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिडिया प्रति क्रुद्व ऋषि

फिल्मीखबर, काठमाण्डौ, 2011/08/25

देशभर प्रदर्शन भईरहेको चलचित्र श्रीमान श्रीमतीका निर्देशक ऋषि लामिछाने अहिले सञ्चारकर्मीहरूसँग निकै क्रुद्व भएका छन् । आफ्नो चलचित्र राम्रोसँग चलिरहेको दाबी गरेका निर्देशक लामिछानेले मिडियाले फ्लप भनिदिए पछि क्रुद्व भएका हुन् । उनका अनुसार चलचित्रले अहिले राम्रो व्यापार गरिरहेको छ ।

 

केहि मिडियाले आफ्नो चलचित्र असफल भएको समाचार सम्प्रेशण गरेपछि ऋषिको चिन्ता बढेको हो । मिडिया प्रति रिस व्यक्त गर्दै ऋषि भन्छन्, 'यदि मेरो चलचित्रको बारेमा राम्रो लेख्न मन् छैन भने नराम्रो लेख्ने अधिकार पनि छैन ।' अहिले आफ्नो चलचित्रको कलेक्सन राम्रो भएको दाबी गर्दै ऋषिले थपे,'पैसा खुवाउदा मात्र राम्रो लेख्ने रहेछन् । मैले पैसा खुवाउन सकिन त्यसैले मेरो चलचित्रलाई नराम्रो भनिदिए ।'

 

निर्माताले चलचित्रको प्रचार प्रसार कम गरेकाले कलेक्सनमा असर गरेको ऋषिले स्विकारे पनि असफल भएको कुरा भने स्विकार्दैनन् । नेपाली दर्शकहरूका लागि लक्षित गरेर चलचित्र निर्माण गरेकाले केहि कमजोरी हुन सक्ने उनको भनाई छ । उनी भन्छन्, 'मेरो चलचित्र राम्रो छ भन्दिन तर नेपाली चलचित्र हेर्ने दर्शकलाई भने मन पर्ने छ ।'