मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र हेरेर मात्र प्रतिक्रिया दिन ऋचाको आग्रह

फिल्मीखबर, काठमाण्डौ, 2011/08/20

अधिकांश ब्यक्तिहरुले चलचित्र नहेरीकन नै चलचित्रको बारेमा बिभिन्न टिका टिप्पणी गर्ने गरेको प्रति नायिका ऋचा घिमिरेले आपत्ति जनाएकी छन् । उनले भाद्र १६ गते प्रदर्शन हुन लागेको चलचित्र 'ब्रेक फेल' हेरेर मात्र टिका टिप्पणी गर्न आग्रह गरेकी छन् । आफुलाई प्रतिक्रिया दिने ब्यक्तिले चलचित्र हेरेको छ की छैन भनेर चलचित्रको बारेमा अन्य बिभिन्न प्रश्नहरु आफुले गर्न सक्ने ऋचाको भनाई छ ।
 
अहिले बजारमा 'ब्रेक फेल' लाई कमेडी चलचित्रका रुपमा बढी नै प्रचार गरिएको प्रति असन्तुष्ट देखिएकी यि नायिकाले आफुले निर्माण गरेको चलचित्र लाइट कमेडी भएको बताएकी छन् । 'चलचित्रले दर्शकलाई पेट मिचिमिचि हँसाउँदैन । अवस्था अनुसार भने हँसाउँन बाँकि छोड्दैन', 'ऋचाले भनिन्, 'त्यसैले यो चलचित्रलाई सिचुएसनल कमेडी भन्नु उपयुक्त हुन्छ ।'

चलचित्रको शिर्ष गीतले कथाको भाव बोकेको बताउदै ऋचाले 'नाच मैया नाच...' बोलको गीतले बढी चर्चा पाएको जनाएकी छन् । 'नाच मैया नाच...' बोलको गीत सार्वजनिक भए लगत्तै बिभिन्न क्षेत्रबाट राम्रो प्रतिक्रिया पाएको ऋचाले बताएकी छन् । सबै कलाकार गाडीमा रहेको र राजेश हमाल बाटोमा हिडेर ति सबैलाई हेरेको पोष्टरले चलचित्रको बिषयसँग केही अर्थ राख्ने बताउदै ऋचाले त्यो अर्थ बुझ्नको लागी भने चलचित्र हेर्नै पर्ने बताएकी छन् ।

 

नायिका ऋचासँग गरिएको कुराकानी केहि समयपछि हामीले प्रकाशित गर्ने छौ । प्रतिक्षा गर्नुहोला !