मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'ब्रेक फेल' को मुईंया प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2011/08/17

प्रदर्शनको मिती नजिकिंदै गर्दा चलचित्र 'ब्रेक फेल' को प्रचार प्रसार निकै तिब्र रूपमा अगाडी बढेको छ । यस चलचित्रका निर्माताहरूले चलचित्रको प्रचार प्रसारमा कुनै कम्प्रमाईज नगरेको बताएका छन् । चलचित्रका निर्देशक शंकर घिमिरे भन्छन्, 'हाम्रो चाहना हरेक दर्शकले ब्रेक फेलको बारेमा थाहा पाउन् र बुझुन् भन्ने हो । त्यसका लागि हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरेका छौं ।'
 

चलचित्रको प्रसार प्रसार गर्ने क्रममा युनिटले अहिले सम्म २ वटा गीत प्रिमियर गरिसकेको छ । यो क्रमलाई निरन्तरता दिंदै आज पनि एउटा गीत वर्ल्ड प्रिमियर गरिएको छ । 'नाच मुईंया नाच...' बोलको सो गीतलाई फिल्मीखबर डटकमले प्रिमियर गरेको हो । एकनारायण भण्डारीको शब्द तथा सत्यस्वरूपको संगीतमा बबिता मानन्धरले गाएको सो गीतमा नायिका ऋचा घिमिरे नाचेकी छिन् । रेनाशा राईको करियोग्राफी रहेको सो गीतको छायाँकन सुदूर पश्चिममा छायाँकन गरिएको हो ।

 

वर्ल्डवाईड मुभि मेकर्सको व्यानरमा निर्माण गरिएको चलचित्र 'ब्रेक फेल' मा राजेश हमाल, ऋचा घिमिरे, निरज बराल, बिमलेश अधिकारी, चिरन, सुवास थापा, पुष्कर भट्ट, शिबहरी कार्की लगायतले अभिनय गरेका छन् । चलचित्रलाई मनोज कुमार घिमिरे, शिबहरी कार्की र प्रदिप सिंहले निर्माण गरेका हुन् । चलचित्र भाद्र १६ गते सार्वजनिक हुँदैछ । फिल्मीखबर डटकम यस चलचित्रको वेभ पार्टनर हो ।


'नाच मुईंया नाच...'