मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेशले जिते प्रन्ध्र हजार

फिल्मीखबर, काठमाण्डौ, 2011/07/10

गायक राजेश पायल राईले एनटिभि प्लसको कार्यक्रम 'म्याजिकल थम्ब' मा नगद रू प्रन्ध्र हजार जितेका छन् । शनिबार साँझ साढे सात बजेको कार्यक्रममा हट सिटमा उपस्थित गायक राईलाई कार्यक्रम निर्देशक तथा सञ्चालक दिनेश डिसीले सोधेका तीन प्रश्नको सहि उत्तर दिए बापत उनले पन्ध्र हजार जितेका हुन् ।

 

पार्श्व गायनमा निकै चर्चित रहेका गायक राईले आफुले जितेको उक्त १५ हजार रुपैयाँ आफ्नै गाँउ खोटाङको बुइपा रङशाला निर्माणका लागी सहयोग स्वरुप हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।  एनटिभी प्लसबाट प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रमको पहिलो शोमा डिसीले गायक राईलाई सेलिब्रेटिको रूपमा निम्त्याएका हुन् । प्रत्येक शनिवार प्रसारण हुने यो कार्यक्रममा एक एक जना सेलिब्रेटीलाई हट सिटमा उतारीने जानकारी दिदै निर्देशक डिसीले दर्शकहरुले पनि एसएमएस मार्फत प्रत्यक्ष सहभागिता जनाउन पाउने बताए ।

 

युवा वर्ग तथा मोबाइलका प्रयोगकर्ताहरुलाई लक्षित गरिएको यो कार्यक्रममा डिसीसंग एसएमएस मार्फत गेम खेल्ने दर्शकले धेरै भन्दा धेरै पुरस्कार जित्न सक्नेछन् । भने दर्शकहरू पनि हट सिटमा उपस्थित हुन सक्नेछन् । जसका लागी डिसीले सोधेका प्रश्नको सहि जवाफ एसएमएस मार्फत पठाउनु पर्नेछ । जसमध्ये हरेक हप्ता एक एक जना भाग्यशाली दर्शक हट सिटमा आउन पाउने छन् । हट सिटमा आउने दर्शकले हरेक एक प्रश्नको सहि उत्तर दिदैं गएका प्रति प्रश्न पाँच हजारका दरले नगद रुपैयाँ जित्दै जान सक्नेछन् ।