मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कालिका एफएम र फिल्मीखबरबाट गीत वर्ल्ड प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2011/04/27

०६७ सालमा बिकाश आचार्य निर्देशित चलचित्र 'नाइ नभन्नु ल' को गीतले सर्वाधिक चर्चा पायो । सो चलचित्रका गीतहरू हरेकका मुखमा झुण्डिएका थिए । अझै पनि सो गीत गरेकको मुखमुखमा मात्र हैन मोबाईलका रिङव्याकटोनमा घन्किरहेको छ । तर अब भने निर्देशक आचार्य आफ्नै चलचित्रका उक्त गीतहरूलाई मात खुवाउन नयाँ चलचित्र 'म तिम्रो भईसकें' का गीतहरू ल्याएका छन् ।

 

चलचित्र 'नाइ नभन्नु ल' को अडियो गीतलाई जसरी चितवनको कालिका एफएमले पहिलो पटक सार्वजनिक गरेको थियो त्यसैगरी चलचित्र 'म तिम्रो भईसकें' का गीतहरूलाई पनि कालिका एफएमले पहिलो पटक सार्वजनिक गर्दैछ । एफएमले बुधबार बिहान १० बजे उक्त चलचित्रका गीतहरू सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । कालिका एफएमसँगै फिल्मीखबर डटकमले पनि ति गीतहरूलाई वर्ल्ड प्रिमियर गर्दैछ । यसैगरी गीतको भिडियोलाई पनि फिल्मीखबर डटकमले पहिलो पटक वर्ल्ड प्रिमियर गर्नेछ । यसअघि चलचित्र 'नाइ नभन्नु ल' का गीतलाई पनि फिल्मीखबरले वर्ल्ड प्रिमियर गरेको थियो । जुन गीतहरू यू ट्यूबमा करिब तीन लाखले हेरिसकेका छन् ।

 

चलचित्रका गीतलाई प्रिमियर गर्न निर्देशक आचार्य र सो गीतका संगीतकार बसन्त सापकोटा मंगलबार नै चितवन पुगिसकेका छन् । उनीहरूले गीत प्रिमियरसँगै चलचित्र र चलचित्रका गीतसंगीतका बारेमा बोल्नेछन् ।  कालिका एफएमबाट गीत प्रिमियर गरेपछि निर्देशक आचार्य र संगीतकार सापकोटा पोखरा पनि जानेछन् र गीतको प्रचारप्रसार गर्नेछन् । बुधबार वर्ल्ड प्रिमियर गर्न लागिएको सो गीतमा दिपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन् । चलचित्रको गीतसँगै सिआरबिटी पनि सार्वजनिक गरिंदै छ । चलचित्रमा जम्मा तीन गीत समावेश गरिएको छ ।

 

वान टाईम सिनेमा प्रालिले निर्माण गरेको सो चलचित्रमा नाइ नभन्नु ल कै जोडी अर्थात नायक जीवन लुईटेल र ऋचा सिंह ठकुरीको मुख्य अभिनय रहेको छ । उनीहरूको साथमा अयुब केसी, बिज्ञान सापकोटा लगायतले पनि अभिनय गरेका छन् । काठमाण्डौ, धरान, बिराटनगर लगायतका स्थानमा छायाँकन गरिएको सो चलचित्रका गीतहरूमा कालिञ्चोक, धरान र मुडेका मनोरम दृश्य देख्न सकिनेछ । भदौ या असोज महिनामा सार्वजनिक गरिने भनिएको सो चलचित्रको प्रिमियर भने अष्ट्रेलियामा गरिने भएको छ । यसअघि चलचित्र नाइ नभन्नु ल पनि अष्ट्रेलियामा नै प्रिमियर गरिएको थियो ।

 

 गीतको बोल                  शब्द                    संगीत                    स्वर                                     सिआरबिटी नं
म तिम्रो भईसकें...     शैलेश आचार्य      बसन्त सापकोटा       रजिना रिमाल    ०१७०००७५९८ NTC   ६०३७७४१ Ncell   ७२४३७९८ UTL

 म तिम्रो भईसकें...     शैलेश आचार्य      बसन्त सापकोटा       दिपक लिम्बु       ०१७०००७५९९ NTC   ६०३७७४२ Ncell  ७२४३७९९ UTL

 तिम्रो त्यो रूपैले...      दयाराम पाण्डे      बसन्त सापकोटा       दिपक लिम्बु       ०१७०००७६०० NTC   ६०३७७४३ Ncell  ७२४३८०० UTL

 

 

गीत सुन्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोस् !

www.4shared.com/audio/VCQM9E_M/Ma_timro_bhaisaken.html

 

www.4shared.com/audio/SHIirU3B/Ma_timro_bhaisaken_-_Rajina_Ri.html