मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यु ट्युबमा पनि 'नाइ नभन्नु ल' अगाडी

फिल्मीखबर, काठमाण्डौ, 2011/03/04

 बिकाश आचार्य निर्देशित चलचित्र 'नाइ नभन्नु ल' को शिर्ष गीत सिआरबिटीमा मात्र नभएर यु ट्युबमा पनि अगाडी देखिएको छ । फिल्मीखबर डटकमले एक बर्ष अगाडी वर्ल्ड प्रिमियर गरेको सो गीत यु ट्युबमा यो समाचार तयार पारुञ्जेल सम्म १,५०,९८६ जनाले हेरिसकेका छन् । 

 

डा. कृष्णहरी बरालको शब्द र महेश खड्काको संगीतमा दिपक लिम्बुको स्वर रहेको 'जुनको ज्योती ल्याएर दिन्छु पनि भन्न सक्दिन म, सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन म...' बोलको गीत यु ट्युबमा नेपाली चलचित्रको गीत हेर्ने अहिले सम्मकै धेरै दर्शक भएको गीत हो । यसैगरी फिल्मीखबर डटकमले नै सार्वजनिक गरेको सोही चलचित्रको 'कुन शृष्टि परी...' बोलको गीत पनि १,०२,२८७ जनाले हेरिसकेका छन् । उक्त दुई गीतलाई हेर्ने दर्शकको संख्या हरेक दिन बढ्दो रूपमा रहेको छ ।

 

गत भाद्र महिनामा सार्वजनिक भएको सो चलचित्रको शिर्ष गीत सिआरबिटी पनि यस बर्षको सबैभन्दा बढि डाउनलोड भएको गीत हो । सो गीत नेपाल टेलिकमको मोबाईल सेवा अन्तर्गत सिआरबिटीमा १,७०,९७७ पटक डाउनलोड भएको छ । आधिकारिक तथ्याङ्क प्राप्त नभएपनि एनसेलमा पनि सो गीतको सिआरबिटी नेपाल टेलिकमकै हाराहारिमा पुगेको निर्देशकको भनाई छ ।

 


चलचित्रमा चारवटा गीत समावेश गरिएका छन् जुन गीतहरूमा महेश खड्काको संगीत तथा दिपक लिम्बु त रजिना रिमालले स्वर दिएका छन् । चलचित्रका सबै गीत डा कृष्णहरी बरालले लेखेका हुन् । जीवन लुईटेल, ऋचा सिंह ठकुरी, सुमन सिंह, मुकेश आचार्य, मिथिला शर्मा, ममता प्रधानलगायतका कलाकारको अभिनय गरेको सो चलचित्रलाई रमेशजंग रायमाझीले निर्माण गरेका हुन् ।

 

 

Song link

www.youtube.com/watch