मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश पायलको कथामा दर्शन नमस्ते

फिल्मीखबर, काठमाण्डौ, 2010/12/16

बल्ल बल्ल भेट भो दर्शन नमस्ते लगायतका थुप्रै सुपरहिट गीत गाएर छुट्टै चर्चा कमाएका गायक राजेश पायल राईको कथामा फिल्म बन्ने भएको छ ।

केही प्रतिशत कथा उनको बास्तविक जीवनमा आधारित रहने उक्त फिल्मलाई निर्देशक दिपक श्रेष्ठले निर्देशन गर्ने भएका छन् । फिल्मीखबरसंगको कुराकानीमा दिपकले फरक धारको सिनेमा बनाउने जमर्को गरेकाले गायक राजेशपायललाई आफ्नो हिरो बनाउने निर्णय गरेका हुन । फिल्म  पूर्ण रूपमा सागीतिक प्रेम कथामा आधारित हुने छ ।  यस्तै दिपकले राजेशका अलवा गायक सविन राईलाई पनि आफ्नो फिल्मको हिरो बनाउने तयारी समेत रहेको बताए । पञ्चकन्या पिर्क्चसको ब्यानरमा अर्ठ्ठाईसौ प्रोजेक्टको तयारीमा  रहेका दिपकले   हिरोमा राजेशपायल पक्का भैसकेपनि कथा अनुसार हिरोइन फाईनल हुन बाकी रहेको जानकारी दिएका छन् ।

उता राजेश पायल पनि निर्देशक दिपकको हिरो बन्ने भएपछी मख्ख छन् । उनी भन्छन् 'हिरो बन्न पाएको म निकै खुशी छु ।'    सो फिल्मको टाईटल अनुसार उनको हिट गीत  बल्ल बल्ल भेट भो दर्शन नमस्तेलाई  पनि चलचित्रमा समेटिने भएको छ । राजेशपायलले यस अघि उदय सुब्बा निर्देशित चलचित्र गुण्डाराजमा इन्सपेक्टरको मुख्य भूमिका निर्वाह गरेका थिए । त्यस्तै उनले लिम्बु भाषाको चलचित्र  'जी माला 'मा पनि भिलेनको रोल गरेका छन् । 

आगामी माघ महिनाबाट छायाकंनमा जान लागेको दर्शन नमस्तेमा उनी पूर्ण रूपमा हिरो भएर दर्शकमाझ आउदै छन् । हेरौ गीत गाँउन निकै सफल भएका राजेश पायल हिरोको भूमिकामा कतिको सफल हुन्छन ?