Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदिपको हृयाट्रीक

फिल्मीखबर, काठमाण्डौ, 2010/09/12

कुनै एउटा बिषयमा जुन काम तीन पटक सम्म गरिन्छ त्यसलाई हृयाट्रीक  भन्ने चलन छ  । चाहे त्यो फुटबल मैदान होस वा चाहे अरू कुनै मैदान ।



तर नेपाली चलचित्र उद्योगको मैदानमा एक जना निर्माता प्रदिप उदयले हृयाट्रीक  पुरा गरेका छन् । उनको हृयाट्रीक  तीन वटा चलचित्र बनाएर हैन, बरू तीन  जना नयाँ  निर्देशकलाई आफ्ना चलचित्र निर्देशन गर्ने मौका दिएर उनले सो हृयाट्रीक  पूरा गरेका हुन ।



२०४५ सालमा चलचित्र आफ्नो पहिलो चलचित्र 'चेलिबेटी'  निर्माण गर्दा उनले यादब खरेललाई सो चलचित्र निर्देशन गर्ने जिम्मा दिएका थिए, निर्देशक खरेलको त्यो नै पहिलो ब्रेक थियो । त्यस्तै निर्माता उदयले  उनको अर्को चलचित्र 'कहीँ मिलन कहि बिछोड' मा अर्का निर्देशक ऋषि लामिछानेलाई ब्रेक दिएका थिए र आईतबार  पाँचौ चलचित्र 'मालती को भट्टी'  का लागि गणेश देव पाण्डेलाई उनले निर्देशन गर्ने मौका दिएका छन् ।



यस अघि प्रदिपले अल्पविराम र पहिलो पहिलो माया  निर्माण गरिसकेका थिए । ती चलचित्रमा भने यिनले नयाँ निर्देशकलाई ब्रेक दिएका थिएनन् ।



सोमबारबाट सुटिङ सुरू हुन लागेको चलचित्र 'मालती को भट्टी' को बारे जानकारी दिन आईतबार आयोजना गरिएको एक प्रेसमिटमा उदयले निर्देशकहरूलाई ब्रेक दिने निर्माता आफु भएको गर्वको साथ भनिरहेका थिए । चलचित्रमा जीवन लुइटेल, आयुब केसी, रेखा थापा , नन्दिता केसी, सुनिल थापा र लक्ष्मी गिरीको  प्रमुख भूमिका रहने बताइएको छ । मालतीको भूमिकामा नायिका रेखा रहने छिन् भने नन्दिता सावित्रिको भूमिकामा देखिदैछिन् । चलचित्रको छायाँकन सोमबारबाट गरिन लागिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो ।
 



काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेन्मेटको प्रस्तुती रहने सो चलचित्रमा कालिप्रसाद बास्कोटाले  पनि यसै चलचित्रबाट संगीतकारका रुपमा डेब्यु गर्दैछन् । चलचित्रमा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, रेनेसा राईको नृत्य रहने छ भने चलचित्रका निर्मातामा नारायण कुमार पाण्डे, गंगा पौडेल र गोपाल पाण्डे रहने छन् ।
 

 

यस्तै यहीँ चलचित्रसंगै अर्को चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को पनि निर्माण थालनी शुरू गरिएको निर्माता उदयले जानकारी दिए । ऋषि लामिछानेले निर्देशन गर्ने भनिएको सो चलचित्रको अहिले गीत रेकर्डिङको कार्य भईरहेको छ । सो चलचित्रको छायाँकन भने मंसीरको पहिलो साताबाट शुरू गरिने भएको छ ।




 

Most Visited News (monthly)