मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब कारबाही कसलाई ?

फिल्मीखबर, काठमाण्डौ , 2010/08/30

गएको श्रावण १२ गते फिल्मीखबर डटकम र कान्तिपुर एफएमको साप्ताहिक कार्याक्रम बाईस्कोपबाट  चलचित्र विकास बोर्डको सूचना चुहावट भएको बिषयलाई प्रोपोगण्डा भनिएपनि आज आएर त्यो समाचार सत्य सावित भएको छ ।

प्रसंङ्ग हो  सोमबार आयोजित चलचित्र बिकास बोर्डले वितरण गरेको अवार्डको को । आज भन्दा ठीक एक महिना अघि चलचित्र "कहाँ भेटिएला" बाट डेब्यू गरेकी नायिका श्वेता खड्काले सर्वोत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गर्दैछिन भन्ने समाचार  सार्वजनिक  गरिएपछी बिकास बोर्डले त्यो समाचारलाई असत्य र प्रोपोगण्डाको आरोप लगाउदै  सो समाचार प्रकाशित  र प्रसारण गर्नेलाई कारबाही गर्ने धम्की दिएको थियो ।

धम्की दिएपनि अन्तत्  राष्ट्रिय नाचघरमा सोमबार बितरण गरिएको २०६५ सालको सर्वोत्कृष्ट नायिकाको अर्वाड भने एक महिना अघि बाहिर आएको समाचार बमोजिम नायिका  श्वेता खड्काले  आफ्नो पोल्टोमा पारेकी छिन् । एक महिना अघि  सार्वजनिक   गरिएको सो समाचार अहिले आएर सत्य भएको छ त्यसैले सहि समाचार  सार्वजनिक   गर्नेलाई कारबाही गर्ने कि ?   बिकास बोर्डलाई ??? 



२०६५ र २०६६ सालभित्र जाँच पास भएका नेपाली कथानक चलचित्र र आदिवासी जनजातिका मातृ भाषामा बनेका चलचित्रहरूलाई विभिन्न मूल्याकंन गर्दै चलचित्र बिकास बोर्डले निम्न अनुसार पुरस्कार वितरण गरेको छ ।


स्पेशल तीन चलचित्र

चलचित्र जुरी अवार्ड : दासढुङ्गा
राष्ट्रिय जागरण अवार्ड २०६६ : दशगजा
सामाजिक जागरण अवार्ड  २०६५  : मैना

 

२०६६ बाट अवार्ड पाउँनेहरू

चलचित्र : (छोडी गए पाप लाग्ला)
निर्देशन :  उज्जल घिमिरे (छोडी गए पाप लाग्ला)
अभिनेत्रृ : संचिता लुइटेल (छोडी गए पाप लाग्ला)
छायाकार :  दिपक बज्रचार्य (छोडी गए पाप लाग्ला)
संगीत :  सुरेश अधिकारी (छोडी गए पाप लाग्ला)
पार्श्व गायिका :  अञ्जु पन्त (छोडी गए पाप लाग्ला)
पाश्व गायक :  दिपक लिम्बु (छोडी  गए पाप लाग्ला)

अभिनेता अनुप बराल (दासढुङ्गा )

नृत्य :  रेनाशा र्राई (मेरो एउटा साथी छ )
पार्श्व संगीत :  शुजिल कर्मचार्य (मेरो एउटा साथी छ)
 
गीतकार :  डा. कृष्णहरी बराल (हिफाजत)

द्धन्द्ध : हिमाल केसी (हासिदेउ एक फेर )
लेखन :  शिव रेग्मी, बिकाश आचार्य र रमेश त्वयना (हासिदेउ एक फेर )
 
श्रृङ्गारक : राजु वाईवा (इकु )
 
सम्पादक : निपेश श्रेष्ठ (दासढुङ्गा)
सह अभिनेता : दयहाङ र्राई (दासढुङ्गा)

सह अभिनेत्री :  सृजना बस्नेत (संघर्ष जिन्दगीको )

 

२०६५ बाट


सर्वोत्कृष्ट चलचित्र : (कहाँ भेटिएला)

निर्देशक :  शिव रेग्मी  (कहाँ भेटिएला)
सर्वोत्कृष्ट अभिनेत्री : स्वेता खड्का (कहाँ भेटिएला)
नृत्य : बसन्त श्रेष्ठ (कहाँ भेटिएला)
द्धन्द्ध :  राजेन्द्र खड्गी (कहाँ भेटिएला)
सम्पादक :  रजनीनाथ पन्त (कहाँ भेटिएला)
छायाकंन :  धिरजजंग शाह (सानो संसार)

सर्वोत्कृष्ट अभिनेता:   आर्यन सिग्देल  (मौसम मायाको याम )


गीतकार :  किरण खरेल (जीवन मृत्यु) 


संगीतकार :  बसन्त सापकोटा (सिलसिला)
पार्श्व गायिका : अञ्जु पन्त (सिलसिला)
पार्श्व गायक :  राजेश पायल र्राई (सिलसिला)


लेखन :  नयन राज पाण्डे (मैना)
पार्श्व संगीत : जुगल डङ्गोल (मैना)
श्रीगारक :  रवि केसी (मैना)
 पूनध्र्वान्याङकन : विनायक अर्याल (मैना) 

सह -भूमिका महिला :  मिथिला शर्मा -मिष्टर मंगले)
सह- भूमिका पुरूष : श्याम र्राई (सुन्दर मेरो नाम)


यस्तै राष्ट्रिय चलचित्र पुरस्कार २०६३ बाट

उत्कृष्ट निर्देशक :  शिव रेग्मी (दुनिया)

 उत्कृष्ट नायक  : भुवन केसी (दुनिया)

 उत्कृष्ट नायिका :  रेखा थापा (हिम्मत)

 उत्कृष्ट छायाकार :  दिर्घ गुरूङ (भरोसा)

 विशेष प्रयास निर्देशक :  नारायण पुरी (अल्पविराम )

चलचित्र निर्माता विशेष प्रयास  : मिन सागर (झक्री )

 प्रसनशनिय अवार्ड :  रमा थपलिया (अल्पविराम)

 

उत्कृष्ट आदिवासी जनजातिका मातृभाषाका  चलचित्र २०६५बाट


सर्वोत्कृष्ट चलचित्र : (पट्चारा)
सर्वोत्कृष्ट महिला : मेलिना मानन्धर (पट्चारा)
सर्वोत्कृष्ट  निर्देशन :  राम कृष्ण खड्गी (पटचारा)
सर्वोत्कृष्ट पुरूष भूमिका तामाङ भाषा  :   तेज बहादुर तामाङ  (गोदेवा)
सर्वोत्कृष्ट चलचित्र लेखन :  ओम प्रकाश चौधरी  (यी कसैन नाता )

 

उत्कृष्ट आदिवासी जनजातिका मातृभाषाका  चलचित्र २०६६बाट

सर्वोत्कृष्ट नेपाल भाषाको चलचित्र :  बाला मयजु
सर्वोत्कृष्ट  निर्देशन :  पवन जोशी (बाला मयजु)
सर्वोत्कृष्ट महिला  :  मेलिना मानन्धर (बाला मयजु)
सर्वोत्कृष्ट पुरूष भूमिका थारू भाषाको चलचित्र :   प्रेम राज चौधरी (डगर)
सर्वोत्कृष्ट चलचित्र लेखन तामाङ भाषा  :  सुरेश ग्यावा (चाङ् श्यूमि)

 

चलचित्र दिर्घ सम्मान नगद रू २ लाख सहित


निर्माता उद्धव पौडेल

नेपाली चलचित्र योगदान सम्मान


विश्व ज्योती हलका प्रोप्राइटर मोहन सराफ