मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नलम्बिएको कथा, निर्देशकको आफ्नै ब्यथा : 'कोही... मेरो'

अनुप भट्टराई, काठमाण्डौ , 2010/08/30

युवा बर्गलाई लक्षित गर्दै निर्माण गरिएको चलचित्र  'कोही... मेरो'  मा कथा नलम्बिदा निर्देशक आलोक नेम्वाङ्गको व्यथाहरु चलचित्रमा प्रष्टरुपमा झल्केको देख्न पाईन्छ ।

कपि मुभि भएतपानि पहिलो चलचित्र सानो संसारलाई जसरी उनले निर्माण गरेका थिए उनको दोस्रो चलचित्रमा कथाको अभावमा  धैरै ठाँउमा कमजोरीहरु देख्न पाईन्छ । चलचित्रको कथा प्रविण अधिकारी र आलोकले लेखेका हुन ।

सम्भावना बोकेका निर्देशकको संज्ञा पाएका आलोकले पहिलो परीक्षाबाट जसरी सफलता हासिल गरेर एउटा उचाई बनाएका थिए दोस्रो चलचित्रबाट उनको उचाई नघट्ला भन्न सकिने अवस्था छैन् ।

तीनजना साथी बीचको सामान्य कथा बोकेको चलचित्र  'कोही... मेरो' को पहिलो भागमा जसरी आलोकले चलचित्रलाई अगाडी बढाएका छन् दोस्रो भागमा उनी हराउदै गएको देख्न सकिन्छ । रियल लाईफकी घनिष्ट साथी झरना बज्रचार्यको भूमिका कथामा केही आवश्यक भएपनि उनलाई हतार गरेर चलचित्रमा देखाईन खोजिनु निर्देशकको प्रमुख कमजोरी हो जस्तो लाग्छ ।

जस्तै अति मिल्ने साथी प्रयास (सुवास थापा),  अभि   (आर्यन सिग्देल)  र आस्ना (संञ्चिता लुइटेल)  घुम्नका लागि जोमसोम गएका हुन्छन् तर बाटोमा   "बेनीको बजार धिरे मिरे जाली रुमाल "  भन्ने गीतमा झरना बज्रचार्यलाई देखाइएको छ जुनकी कुनै पनि एंगलबाट उनलाई त्यहाँ राख्नु पर्ने आवश्यक्ता   देखिदैन । दर्शक यहिँ स्थानमा झुक्किन सक्कछन्  झरना किन त्यहाँ भनेर ?  किन कि पछी त्यही झरना आर्यनको मिल्ने साथी भएको चलचित्रमा देखाईएको छ ।

 मुभिज डटकमको ब्यानरमा निर्माण गरिएको यस चलचित्रको सागीतिक पक्ष भने उत्कृष्ट छन् ।  सुरेश अधिकारी, बसन्त सापकोटा तथा सुरेश र्राईले दिएको संगीत पक्षमा कहीँ   कमेन्ट गर्ने ठाउँ छैन् । दर्शकहरू गीतमा यति भिज्छनन् कि फिल्म सकिएपछी दर्शकहरू गीत गुनगुनाउदै घर सम्म पनि पुग्न सक्छन् । निर्देशक स्वयम आफै  कोरियोग्राफर भएकाका कारण गितअनुसारको कोरियोग्राफी राम्रै  मान्न सकिन्छ ।



 चलचित्रका सवै गीतमा आलोकलेनै कोरियोग्राफी गरेका छन् ।  यध्पी नायक आर्यनले अन्य चलचित्रमा दिएको पूरानो स्टेपहरु यस चलचित्रमा पनि देख्न पाईन्छ । आर्यन अभिनयमा पूर्ण रूपले डुबेकाले उनको अभिनय पक्ष राम्रो रहेको छ ।  यध्पी सपिङ्ग गर्न संञ्चिताले आर्यनलाई लगेको समयमा कुनै एक रेष्टुरेन्टमा आर्यनले बोलेको ल्याङग्वेज पूर्ण रूपमा  आलोकको जस्तो लाग्छ । संञ्चिताले कुनै केटालाई आफुले मन पर्राईरहेको छु भन्ने कुरा आर्यनलाई भनेपछी सो समयमा आर्यनले फर्काएको अग्रेजी उत्तर  "आई थिकं आई नो हिम"  त्यो शब्द र बढी ल्याग्वेज ठ्याक्की आलोकको  छ । ल्याङ्गवेजलाई कमजोरी नमानिएतापनि निर्देशकको स्र्टाईल एक्कासी कलाकारहरूले पकड्दा के मा के नमिलेको जस्तो भान हुन्छ । कोही मेरोमा आर्यनका कामहरू सवै राम्रो भएपनि उनले ब्यक्तिगत रूपमा केही कुराहरू  तुरून्त सुधार गर्नु पर्ने देखिन्छ । जस्तै स्वीमिङ्ग पुलको एउटा गीतमा आर्यन अर्ध नग्न हुन्छ तर त्यो अर्धनग्न संगै उनको छाति र काखीमा देखिएका रौहरूले दर्शकलाई खल्लो बनाउन सक्दछ् । हेयर रिमुभ गरेर उनले त्यो गीत सुट गरेको भए उनको शरिर पनि अझ आकर्षक देखिन सक्थ्यो ।




नायिका सञ्चिताको अभिनयमा ओभर एक्टीङ भएको फिल हुन्छ यध्पी उनको अभिनय पक्ष पनि ठिकै मान्न सकिन्छ  ।  निर्माण पक्षले प्रदर्शन अघि विकनीको पहिरनमा संञ्चिता देखिदैछिन भने पनि चलचित्रमा उनी त्यो पहिरनमा कहिँ देखिन्न् । स्वीमीङ्ग पुलको एउटा गीतमा केही छोटा लुगामा संञ्चितालाई देखाईएतापनि त्यो पहिरनलाई कुनै एंगलबाट विकनी भन्न मिल्दैन ।

यस्तै नव नायक सुवास थापाको क्यारेक्टर अनुसार अभिनय पक्ष राम्रो रहेको छ ।

उनीमाथि सुक्ष्म अध्ययन गर्दा आखा भन्दा तलको भागले एउटा कुरा भनेपनि आखाले अर्को भाव झल्काईरहेको देखिन्छ । रंगमञ्चका कुशल कलाकार समेत रहेका सुवासको अभिनय पक्षलाई कमेन्ट गरिहाल्नु पर्ने अवस्था भने  छैन् । यध्पी  छालाको रंग कालो भएकाले उनको हातहरू चलचित्रमा निकै कालो देखिएको छ । मेकअप पक्षले त्यस कुरामा अलिकति ध्यान दिएको भए सायद राम्रो हुन्थ्यो होला ।

यस्तै अर्की नायिका झरना बज्रचार्यको अभिनय पक्षलाई पनि नराम्रो भन्न मिल्दैन  ।   रेष्टुरेन्ट सञ्चालकको रूपमा उनलाई देखाइएपनि आर्यनको साथी कसरी भई भन्ने कुरा चलचित्रमा अन्योल देखिन्छ ।

निर्देशकले चलचित्र राम्रो बनाउन खोजेपनि केही पात्रहरू र दृश्यलाई अनावश्यक प्रयोग गरिएको छ । जस्तै खलपात्रको रूपमा रहेका दिनेश शर्मा र उनका ग्याङ्गहरूसंगको  द्धन्द्धको दृश्यको  आवश्यक्ता कहिँ पर्दैन । साथै शहरको एक रेष्टुरेन्टकी प्रोप्राईटरलाई शर्माले प्रयोग गरेको   "भट्टी"  बाली भन्ने शब्द निकै नराम्रो छ । तपाईहरू आफै भन्नुस रेष्टुरेन्टमा कस्ता मानिसहरू जान्छन् ?  जवकि गाँउको कुनै रक्सी भट्टीमा अशिक्षित जडियाले प्रयोग गर्ने त्यो शब्द रेष्टुरेन्टको लागि प्रयोग गरिनु कमजोरी हो । रियल लाईफमा कसैले पनि ठूलो रेष्टुरेन्टमा गएर सञ्चालकलाई भट्टीवाली भन्ने आट गर्दैन । बरू उसलाई अन्य शब्दले गाली गर्छ ।

कोही मेरोको अभावमा  जीवन ज्यूनलाई रक्सीको साहारा बनाएकी राधा लम्साल चलचित्रमा नायिका संञ्चिताको फुपुको रोलमा देखा परेकी छिन् । उनले चलचित्रलाई केही हास्यप्रधान बनाउन सहयोग गरेकी छिन् । आधा उमेर वितिसक्दा पनि अबिवाहितको भूमिकामा देखिएकी लम्साल र नायक आर्यनको आमाको भूमिकामा देखिएकी तृप्ती नाडकरको अभिनय पक्ष राम्रो छ ।

रातको दृश्यहरूलाई राम्रोसंग देखाइएको चलचित्र कोही मेरोमा क्यामेरा म्यानलाई दोष दिने  अवस्था भने त्यति देखिदैन । यध्पी केही दृश्यमा व्यागराउण्ड मुभमेन्ट  क्यामेरा म्यानले संयोजन गर्न सकेको भए राम्रो हुन्थ्यो । लो एंगलको समेत प्रयोग गर्दै छायाकार राजुविक्रम थापाले जोमसोम तथा चितवनका रमणिय दृश्यलाई आफ्नो फ्रेंममा राम्ररीनै अटाएका छन् ।

एउटा पुरूष र महिला,  साथी त  हुन सक्छन् तर  घनिष्ट भने कहिलै   हुन सक्दैनन् भन्ने कटु यथार्थ कुरा चलचित्र  'कोही... मेरो' मा देखाईन खोजिएको छ ।