मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दमौलीमा दुई चलचित्रको प्रतिस्पर्धा

कृष्ण न्यौपाने, दमौली, 2010/08/30

नजिकिँदै गइरहेको चाडवाडलाई मध्यनजर गर्दै फिल्महरु धमाधम रिलिज हुन थालेका छन् । चाडवाडलाई मध्यनजर गर्दै फिल्म रिलिज गरिनु भने कुनै नौलो होइन । विगतका वर्षहरुमा पनि चाडवाडमा आशालाग्दा चलचित्र रिलिज भए । फरक यति हो कतिले राम्रै व्यापार गरे त कतिले भने गर्न सकेनन् । विगतका वर्षहरुलाई नै पछ्याउँदै यस वर्ष पनि आशालाग्दा चलचित्रहरु रिलिज भइरहेका छन् ।

 


 चलचित्रको लागि राम्रो व्यापारिक स्थल बनेको दमौलीमा अहिले दुई आशालाग्दा चलचित्र प्रदर्शन भइरहेका छन् । भदौ ९ गतेबाट प्रदर्शनमा आएको 'फर्केर हेर्दा' र ११ गतेमात्र रिलिज भएको 'कोही मेरो' यतिबेला दमौलीमा प्रतिस्पर्धा गर्दैछन् । त्यसो त दुवै चलचित्रमा आर्यन सिग्देल प्रमुख भूमिकामा छन् । यतिबेला निकै चर्चामा रहेका नायक आर्यन सिग्देल दमौलीमा कति जम्न सक्छन् त्यो त चलचित्रको व्यापारले नै देखाउनेछ ।

 


गोपिकृष्ण भूमिजको व्यानरमा दयाराम दाहालको निर्देशन र उज्ज्वल पौड्याल, निकीता पौड्याल, निरज पौड्याल र निरक पौड्यालको निर्माण रहेकॊ चलचित्र फ्ल्यास ब्याक (फर्केर हेर्दा) उत्तरशीला चलचित्र मन्दिर र आलोक नेम्बाङ्गको निर्देशन र सुरज वंशलको निर्माण रहेको 'कोही मेरो' मनकामना डिजिटल चलचित्र मन्दिरमा प्रदर्शन भइरहेको छ । दुवै चलचित्रलाई युवा प्रेमकथामा आधारित चलचित्र भनेर दावी गरिएको छ ।

 


'फर्केर हेर्दा' मा निखील उप्रेती, आर्यन सिग्देल, रेजिना उप्रेती, युना उप्रेती, जेनिसा केसी, नीर शाह, रवि गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । बाबुले त्यागेको र आमाले संसार छाडेको सन्तोष निखील उप्रेती को कारुणिक जीवनीबाट चलचित्रको कथा सुरु हुन्छ । बेलायतमा बस्ने परिवारको एक्लो छोरा शिरीष आर्यन सिग्देल र नेपालको सामान्य कृषक परिवारकी छोरी सीमा युना उप्रेती बीचको प्रेम कथा र यसको उतारचढाव नै चलचित्रको मूल विषयवस्तु हो ।

 


'कोही मेरो' मा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, झरना बज्राचार्य, नवनायक सुवास थापा, तृप्ति नाड्कार, राधा लम्साल आदि कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा आर्यन र सुवास दुवैले सञ्चितालाई मन पराएका हुन्छन् तर सञ्चिताले भने आर्यनलाई । तर उनले आफ्नो मनको कुरा भन्न सक्दिनन् । यता झरनाले पनि आर्यनलाई नै मन पराउँछिन् तर आर्यन र सञ्चिताको सम्बन्ध थाहा पाएपछि एक असल साथीको रुपमा मात्र सम्बन्ध राख्छिन् । यसरी चलचित्र आर्यन, सञ्चिता, सुवास र झरनाकै वरिपरि घुमेको छ । दुवै चलचित्रमा संगीतकार सुरेश अधिकारीको संगीत रहेको छ ।

 


चलचित्र 'कोही मेरो' ले उपत्यका बाहिरका सिङ्गल स्क्रिनहरुमा कलेक्सनलाई मिश्रित रुपमा  अघि बढाइरहेको छ । मुख्य सहरहरु पोखरा, नारायणगढ, बुटवल, दमकमा कलेक्सन उत्साहजनक रहेपनि बागलुङ, दमौली लगायतका ठाउँमा कलेक्सन औषत छ । वितरक डिजिटल सिनेमा नेपालको जानकारी अनुसार ओपनिङका दुईदिनमा चलचित्रले उपत्यकाबाहिर २१ लाख कलेक्सन गरेको छ ।

 


उत्तरशीला चलचित्र मन्दिरका व्यवस्थापक प्रमोद पाण्डे र मनकामना डिजिटल चलचित्र मन्दिरका व्यवस्थापक अर्जुन श्रेष्ठका अनुसार चलचित्र हेर्ने दर्शकको उत्साहप्रद सहभागिता रहेको छ । उनीहरुका अनुसार शनिबारको शोमा दर्शकको अत्यातिक भीड रहेको थियो । आशा गरौं दुवै चलचित्रले दमौलीमा राम्रो व्यापार गर्न सकुन् ।