मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'नाइ नभन्नु ल' को प्रिमियर नगरिने

फिल्मीखबर, काठमाण्डौ, 2010/08/09

भदौ ४ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'नाइ नभन्नु ल' को प्रिमियर नगरिने भएको छ । यस भन्दा अघि अष्ट्रेलियामा यसको प्रिमियर गरिएकोले नेपालमा पुन: प्रिमियर गर्न आवश्यक नभएको निर्देशक बिकाश आचार्यले फिल्मीखबरलाई बताए । प्रिमियरको सट्टा पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी गराईने निर्देशक आचार्यले जानकारी दिए ।
 

 


चलचित्र 'नाइ नभन्नु ल' को गत जुलाई महिनामा अष्ट्रेलियाका प्रमुख ३ शहरमा भव्यताका साथ प्रिमियर भईसकेको छ । अहिले सो चलचित्र अष्ट्रेलियाकै पर्थ शहरमा लगातार प्रदर्शन हुँदैछ । हिमालयन फिल्म्सको व्यानरमा रमेश जंग रायमाझीले निर्माण गरेको चलचित्र 'नाइ नभन्नु ल' को शिर्ष गीत अहिले सर्वाधिक चर्चामा रहेको छ ।

 

'जुनको ज्योती ल्याएर दिन्छु पनि भन्न सक्दिन म...' बोलको गीतको सिआरबिटी ८० हजार भन्दा बढि पटक डाउनलोड भईसकेको छ । डा कृष्णहरि बरालको शब्दमा महेश खड्काले संगीत दिएको उक्त गीतमा दिपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन् । चलचित्रमा जीवन लुईटेल, सुमन सिंह र ऋचा सिंह ठकुरीको मुख्य भुमिका रहेको छ ।