Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हमाल र वली सद्भावना दूत

फिल्मीखबर, काठमाण्डौ, 2010/08/08

नायक राजेश हमाल र गायिका कोमल वली एयर एम्बुलेन्स तथा खाद्य बैंकको सद्भावना दूत बनेका छन् । रिपोर्टस्र क्लब नेपालमा पत्रकार सम्मेलन गरेर स्वास्थ्यकालागी खाद्यान्न नेपाल प्राकृतिक प्रकोप राहत कोषले नायक हमाल र गायिका वलीलाई नेपालकै पहिलो एयर एम्बुलेन्स तथा खाद्य बैंकको सद्भावना दूत घोषणा गरेको हो ।

 

पत्रकार सम्मेलनमा सद्भावना दुतको रुपमा नियूक्त नायक हमालले खाद्यान्न र स्वास्थको जटिलता नेपालकै समस्या भएकोले आफूले पनि यसमा योगदान गर्नु पर्ने दायित्व बोध गरेर यस्तो पवित्र कार्यमा सहयोग गर्न खोजेको बताउँदै यो अभियानलाई अगाडि बढाउन आफ्नो क्षेत्रबाट भरमददुर प्रयास गर्ने बताउनु भयो । मुलुकमा चरम गरिवी र राजनीतिक अस्थिरता रहेको यो बेला अब सबै नेपालीले राज्यको मुख मात्र नताकेर आफैले अग्रसरता लिनु पर्ने बेला आएको बताउँदै नायक हमालले मुलुकको राजनीति र राजनीतिज्ञहरु प्रति ब्यङग्य गर्दै नेताहरुले अभिनय गर्न थालेकोले अब अभिनेताहरुले नेतागिरी गर्नु पर्ने बेला आएको बताउनु भयो ।

 

अर्की सदभाव दुत गायिका ओलीले सबै नेपालीले गर्नु पर्ने काम संस्थाले गर्न खोजेको भन्दै यस अभियानलाई आफूले अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । हालसम्मका सामाजिक संस्थाको गतिविधिले सामाजिक क्षेत्र बदनाम हुने गरेको स्मरण गर्दै संस्थालाई नेपाली जनताप्रति सर्मपित भएर जिम्मेवारी पूर्ण ढंगले काम अगाडि बढाउन आग्रह गर्नु भयो ।

 

फिस्टेल एयरको साथ पाएर एयर एम्बुलेन्ससँगै खाद्य अभावबाट कसैले पनि अकालमै ज्यान गुमाउन नपारोस भन्ने उद्देश्य बोकेको सो संस्थाले एउटा एयर एम्बुलेन्स सँगै पाँच बटा खाद्य बैंक स्थापना गर्ने लक्ष्य लिएको छ ।
 

Most Visited News (monthly)