Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रतिवैरम्’को ‘माहोल गरम’ गीतमा प्रियंकाको ठुम्का, चार भाषामा रिलिज

फिल्मीखबर, काठमाडौं, 2026/09/28

priyanka karki

 

आगामी मंसिर ४ गते (२० नोभेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रतिवैरम्’को पहिलो गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा दर्शकमाझ ल्याइएको आइटम गीतमा रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको छ । गीतमा गहृतिका श्रेष्ठले स्वर दिएकी छन् । 

गीतको हिन्दी संस्करणको शीर्षक भने ‘जवानी कातिल’ राखिएको छ, जसमा शिवानी भगतको स्वर तथा लभ कर्णको शब्द छ । मैथिलीमा ‘जवानी सेहो कातिल’ र भोजपुरीमा ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् । उनलाई ‘वसन्ती’को रूपमा चिनाइएको छ । 

रेज इन्टरटेनमेन्टले आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेन्टमेन्टसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा सम्राट दास, विरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण विक, आशिष डिके, रमेश बुढाथोकीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई रोशन दासले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशन हो । 

हर्ष कुमार यादव र सत्यराज चौलागाईं निर्माता रहेको फिल्ममा कृष्ण बर्देवाको छायांकन, कबीर ओडको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी, मनीष अधिकारीको संगीत, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन तथा समीर मियाँको भिएएफएक्स छ । फिल्मको कथा निर्देशक दास स्वयंको हो भने पटकथा तथा संवाद युवराज भट्टराईले तयार पारेका हुन् ।