Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्जुन भन्छन्, ‘मेरो र मलाइकाको जिन्दगी नर्क बनेको थियो’

फिल्मीखबर, काठमाडौं, 2022/02/14
arjun kapoor and malaika
 
अभिनेता अर्जुन कपूरले आफूभन्दा १३ वर्ष जेठी मलाइका अरोडासँग डेट गर्दा मानिसहरुले यति विध्न नकारात्मक कुरा गर्छन् भन्ने सोचेका पनि थिएनन् । अर्जुनले आफूहरुको जिन्दगी कयौं दिन नर्क बनेको बताएका छन् । दुवैले केही समय डेट गरेपछि सन् २०१९ मा रिलेसनसिपको बारेमा जानकारी दिएको थिए । तर, यो जोडीले आफूहरुको सम्बन्धको बारेमा धेरै कुरा खुलाएको छैन ।
 
अर्जुनले अहिले पनि त्यो समय भुलेका छैनन्, जतिबेला उनीहरुलाई भद्दा प्रतिक्रिया आउने गर्थ्यो । अहिले पनि उनीहरुको ‘एज डिफरेन्स’ (उमेर फरक) लाई लिएर मजाक उडान्छ । भ्यालेनटाइन डेको अवसरमा अर्जुनले हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै मलाइका र आफूले सधैं एकअर्कालाई साथ दिएको भएपनि सोसल मिडियाले आफूहरुको सम्बन्धमा विष घोलेको बताएका छन् ।
 
उनले भनेका छन्, ‘अनुमानको कुराले हामीले निकै मुश्किल समयको सामना गर्‍यौं । तर, यसका बावजूद पनि हामी एकअर्काको साथमा उभियौं । कयौं दिन हाम्रो जिन्दगी नर्क बनेको थियो । हाम्रो सम्बन्धलाई यति इज्जत र महत्त्व दिएकोमा मलाइकाको तारिफ गर्छु । उनको साथमा उभिएर कहिल्यै लागेन कि यो कुनै असाधारण हो । मलाई लाग्यो म सही व्यक्तिको साथमा उभिएको छु ।’
 
मलाइकाका कारण आफ्नो जिन्दगी पूरै बदलिएको अर्जुन बताउँछन् । उनी अगाडि भन्छन्, ‘मलाई उनले एक व्यक्तिको रुपमा पूरै तरिकाले बदलिन् । म अहिले आफैंमाथि बढी विश्वास गर्न थालेको छु । उनी मेरो यस्तो साथी हुन्, जोसँग म हरेक कुरा गर्न सक्छु । धेरै चिजमा हामी एकअर्कामाथि विश्वास गर्छौं ।’ अरबाज खानसँग डिभोर्स भएपछि मलाइका र अर्जुन नजिकिएका थिए ।
Most Visited News (monthly)