Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘लप्पन छप्पन २’ को रिलिज सर्‍यो, अब फागुन २० मा

फिल्मीखबर, काठमाडौं, 2022/02/13
lappan chhapan 2
 
यही फागुन १३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘लप्पन छप्पन २’ को रिलिज पोस्टपोन्ड भएको छ । नेपाल चलचित्र संघले फागुन १३ मा अर्को फिल्म ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन अनुमति दिएपछि निर्माण टिमले फिल्मको प्रदर्शन सारेको हो । अब यो फिल्म फागुन २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । अहिलेसम्म यो मितिमा अरु नेपाली र विदेशी फिल्म छैनन् ।
 
निर्माता निर्मल कुमार मिश्रले फागुन २० मा ‘लप्पन छप्पन २’ लाई सहज रुपमा प्रदर्शनको व्यवस्था मिलाउन चलचित्र संघदेखि चलचित्र विकास बोर्डसम्मले सहयोग गर्नुपर्ने बताएका छन् । कोरोनाको सबैभन्दा मारमा परेको फिल्म भन्दै ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ को मिति छाड्न चौतर्फी दबाब आएपछि बाध्य भएर निर्माण टिमले ‘लप्पन छप्पन २’ को रिलिज सारेको हो ।
 
मुकुन्द भट्ट निर्देशित फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय छ । कोरोना महामारीका कारण दुई वर्षदेखि अड्किएर बसेको ‘लप्पन छप्पन २’ ठूलो बजेटमा बनेको हो । फिल्मको गत वर्ष नै ट्रेलरदेखि गीतसम्म सार्वजनिक भएको थियो ।
 
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने मिलन श्रेष्ठको सम्पादन छ ।
Most Visited News (monthly)