Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खगेन्द्र लामिछानेको ‘पानीफोटो’ प्रदर्शन मिति घोषणा

फिल्मीखबर, काठमाडौं, 2022/02/27
Kahgendra Lamichhane
 
अभिनेता खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशन गरेको फिल्म ‘पानीफोटो’ को प्रदर्शन मिति घोषणा गरिएको छ । छायांकन सकिएको २ वर्षभन्दा बढी भइसकेपनि कोरोना महामारीका कारण फिल्म प्रदर्शनमा आउन सकेको थिएन । अब फिल्मलाई आगामी भदौ १० गते प्रदर्शन गरिने भएको छ । वितरकसँग लामो छलफल पश्चात् फिल्म टिमले प्रदर्शन मिति घोषणा गरेको हो ।
 
खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’ लाई फिल्मको स्वरुप दिएका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई प्रस्तुत गरिएको फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मा लगायतको अभिनय रहेको छ ।
 
काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन भएको फिल्मलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । त्यस्तै, फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन रहेको छ । यस फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
 
खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउने आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गरे । उनी भन्छन्, ‘यो नाटकलाई फिल्म बनाउँछु भन्ने मेरो सन् २०११ देखिको सपना थियो । धेरैले नाटक रुचाउनुभएको थियो । यसलाई झन् धेरै दर्शकमाझ पुर्‍याउन मन थियो, जुन फिल्मबाट मात्र सम्भव थियो । यद्यपि, मैले पुस्तक भने निकालेको थिएँ । तर, फिल्म नै बनाउन चाहन्थेँ, जुन बल्ल पूरा भयो ।’ 
Most Visited News (monthly)