Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रहरीबाट छुटेपछि सुदर्शन थापाले भने- ‘पलसँग सम्पर्क भएको छैन’

फिल्मीखबर, काठमाडौं, 2022/02/26
Sudarshan Thapa
 
फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई नयाँ बानेश्वर प्रहरी कार्यालयले सामान्य सोधपुछपछि छाडेको छ । शनिवार दिउँसो प्राईम टाइम टेलिभिजनको कार्यक्रम ‘धमलाको हमाला’ मा अन्तर्वार्ता दिएपछि उनलाई सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनको फोन समेत नियन्त्रणमा लिएर करीब १ घन्टा सोधपुछ गरेको थियो ।
 
बुधवार एक नाबालिग गायिकाले जबरजस्ती करणीको अरोपमा जाहेरी दिएपछि फरार रहेका नायक पल शाहको बारेमा सोधपुछ गर्न प्रहरीले सुदर्शनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीलाई पलसँग सम्पर्क भए/नभएको बारेमा सोधेको थियो । तर, उनले पल आफ्नो सम्पर्क नभएको प्रहरीलाई बताएका छन् । पलसँग सम्पर्क भए खबर गर्न उनलाई प्रहरीले आग्रह गरेको छ ।
 
प्रहरीबाट छुटेपछि सुदर्शनले सञ्चारकर्मीसँग भनेका छन्, ‘अहिले प्रहरीले पल शाहको खोजी गरिरहेको छ । त्यही शिलशिलामा पलले अभिनय गरेको फिल्मको निर्देशक र निर्माता भएको हिसाबले मसँग कुनै सम्पर्क छ कि छैन भनेर सोधपुछ गरिएको थियो । पल शाहसँग मेरो सम्पर्क भयो भने जानकारी गराउनेछु भनेर प्रहरीलाई भनेको छु । मैले सकेको सहयोग प्रहरीलाई गर्ने नै छु ।’ 
 
बुधवार दिउँसोसम्म भने आफू पलकै साथमा रहेको उनले जानकारी दिएका छन् । ‘फिल्मको प्रिमियरमा सहभागी हुनका लागि हामी एउटै मेकअप स्टूडियो (लाजिम्पाट) मा मेकअप गरिरहेको थियौं । त्यसै बेला किटानी जाहेरी परेको खबर आयो । अनि, पलले प्रिमियरमा सहभागी हुन नसक्ने बताएपछि म निस्किएँ । त्यसबेलादेखि ऊसँग मेरो सम्पर्क भएको छैन,’ सुदर्शनले भने । 
Most Visited News (monthly)