Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लप्पन छप्पन २’ले थाल्यो प्रदर्शन

फिल्मीखबर, काठमाडौं, 2022/03/04
shiva shrestha
 
कोरोनाका कारण दुई वर्षदेखि थन्किएर बसेको फिल्म ‘लप्पन छप्पन २’ले शुक्रवारबाट प्रदर्शन थालनी गरेको छ । ठूलो बजेट र विदेशका विभिन्न ठाउँमा खिचिएको फिल्मले मल्टीप्लेक्सहरुमा औसत शो पाएको छ । त्यस्तै, धेरैजसो सिंगल थिएटरहरु फिल्म ‘म यस्तो गीत गाउँछु २’को कब्जामा रहेकाले ‘लप्पन छप्पन २’ लाई बक्सअफिसमा चम्किन माउथ पब्लिसिटीको खाँचो पर्ने देखिन्छ ।
 
शुक्रवारबाट हलिउडको ठूलो फिल्म ‘द ब्याटम्यान’ले पनि प्रदर्शन थालनी गरेको छ । यो फिल्मको थ्रेट पनि बक्सअफिसमा ‘लप्पन छप्पन २’ लाई उतिक्कै रहेको छ । एक नेपाली र एक विदेशीको चुनौतीका बीच प्रदर्शनमा उत्रिएको फिल्मले बिहीवार भएको प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको थियो । फिल्मको मेकिङ, एक्सन, छायांकन पक्षलाई फिल्मकर्मीहरुले मन पराएका छन् । 
 
एक्सन जनरामा निर्माण भएको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको अभिनय रहेको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्ममा नरेश योगीको कोरियोग्राफी र सिमसोन तामाङको द्वन्द्व निर्देशन रहेको छ ।
 
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने मिलन श्रेष्ठको सम्पादन छ ।
Most Visited News (monthly)