Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमिताभ बच्चनको शिरमा ढाकाटोपी

फिल्मीखबर, काठमाडौं, 2022/03/07
amitab bachhan
 
बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो शिर (टाउको) मा नेपाली ढाकाटोपी ढल्काएका छन् । सोमवार आफ्नो इन्स्टाग्राममा उनले ढाकाटोपी लगाएको एक तस्विर साझेदार गरेका हुन् । उनले तस्विरसँगै क्याप्सनमा ‘केटीको केटीको’ भनेर उल्लेख गरेका छन् । तस्विरमा हर्षित मुद्रामा देखिएका उनलाई दुई हात कम्मरमा राखेर नृत्य गर्नका लागि तम्तयार भावभंगीमा देख्न सकिन्छ । 
 
उनको यो पोस्टमा नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति सम्मान गरेकोमा उनलाई धन्यवाद व्यक्त गरेका छन् । ‘कौन बनेगा करोडपति’ नामक टेलिभिजन शोमा नेपालको इतिहासको बारेमा कयौं पटक प्रश्न सोधेका अमिताभले आफ्नो शिरमा नेपाली ढाकाटोपी लगाएको भने सम्भवतः पहिलो पटक हो । उनले कुन उद्देश्यका लागि ढाकाटोपी लगाएका हुन्, त्यो भने खुलेको छैन । 
 
फिल्मी करिअरको उत्कर्षमा रहँदा अमिताभ नेपाल समेत आएका थिए । उनी अभिनीत फिल्म ‘महान’को केही प्रतिशत छायांकन नेपालमा भएको थियो । दरबार स्क्वायर क्षेत्रमा छायांकन भएको फिल्मको ‘प्यार में दिल पें’ गीत अझै पनि चर्चित छ । गीतमा अमिताभ बच्चन र जीनत अमानले एकसाथ नृत्य गरेका थिए । त्यसयता भने अमिताभको नेपाल आउने संयोग जुर्न सकेको छैन । 
 
गत असोजमा नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइँ’को लागि अमिताभ पनि नेपाल आउने चर्चा थियो । तर, फिल्मको छायांकन हिमाली क्षेत्र (चिसो ठाउँ) मा हुने भएपछि स्वास्थ्यका कारण उनी नेपाल आएनन् । नेपालमा उनको भागको सिनमा नेपाली कलाकारलाई डमीको रुपमा प्रयोग गरिएको छ । अमिताभले नेपाललाई सुन्दर देशको रुपमा ब्याख्या गर्दै आएका छन् । 
Most Visited News (monthly)