Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल प्रकरणमा आँचल भन्छिन्, ‘म बोलेर के फाइदा ?’

फिल्मीखबर, काठमाडौं, 2022/03/15
Aanchal Sharma
 
एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको पक्ष र विपक्षमा यतिबेला सामाजिक सञ्जालमा बहस भइरहेको छ । यो प्रकरणमा आम मानिसको मात्र नभइ फिल्मकर्मीहरुकै पनि भिन्न-भिन्न धारणा आइरहेका छन् । कसैले पलको पक्षमा अभिव्यक्ति दिँदै हिँडेका छन् भने कसैले नाबालिगको संरक्षणमा आवाज उठाएका छन् । 
 
फिल्म क्षेत्रभित्र एउटा तप्का भने अदालतमा प्रवेश गरिसकेको मुद्धामा बोल्न चाहेको छैन । विवाहभन्दा अगाडिसम्म पल शाहसँग लगातार फिल्म र म्यूजिक भिडियोमा काम गरिरहेकी अभिनेत्री आँचल शर्माले पनि अदालतमा गइसकेको केशमा आफ्नो अभिव्यक्तिको कुनै औचित्य नहुने बताएकी छन् । उनी अदालतले निष्पक्ष फैसला दिने र निर्दोषले न्याय पाउनेमा विश्वस्त छिन् ।
 
एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘अदालतमा गइसकेको केशमा हामी बोलेर वा मेरो अभिव्यक्तिले केही पनि फरक पर्दैन । अहिले यो विषयमा नबोलेकै फाइदा हुन्छ । अब अदालतले निष्पक्ष फैसला गर्नुपर्छ र निर्दोषलाई न्याय हुनुपर्छ । मेरो अभिव्यक्तिले अदालतमा गइसकेको केशलाई गाह्रो र सजिलो केही पनि नहुने भएपछि किन अभिव्यक्ति खेर फ्याल्नु भनेर मौन बसेको हुँ ।’ 
 
उनले कानुनमाथि भरोसा गर्न सबैलाई आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा देखिएको पक्ष र विपक्षबाट असन्तुष्ट रहेकी उनी अगाडि भन्छिन्, ‘फेसबुक हेर्ने हो भने अदालत त्यहीँ छ, न्यायधीश त्यहीँ छन्, पक्ष-विपक्ष पनि त्यहीँ छ । यस्तो गञ्जागोलमा मैले अभिव्यक्ति राखेर के फाइदा ? केही बोल्यो भने गाली आइहाल्छ । यो नकारात्मक कुरा हो । हामीले कानुनलाई विश्वास गर्नैपर्छ ।’ 
Most Visited News (monthly)