Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्ममा महिला सहभागिता बढाउन जोड

फिल्मीखबर, काठमाडौं, 2022/03/15
woman film maker
 
किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको सहभागिता बारेमा एक दिने बहस कार्यक्रमको आयोजना गरेको छ । सोमवार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा दिनभरी जस्तो चलेको कार्यक्रममा फिल्म तथा सञ्चारमाध्यममा महिलाहरुको उपस्थिति तथा भूमिकाको विविध पाटोमा गहन छलफल गरिएको थियो । 
 
ब्रिटिश काउन्सिलले महिला दिवसको दिनदेखि मनाइरहेको विविधि कार्यक्रममध्ये एक दिन ‘फिल्म डे’को रुपमा मनाउँदै फिल्ममा महिलाको भूमिकालाई केन्द्रमा राखेर छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले फिल्म तथा मिडियामा महिलाको सहभागिता कमजोर रहनुका साथै दुवै क्षेत्रमा उनीहरुको हस्तक्षेपकारी भूमिका पनि नभएको निष्कर्ष निकालेका थिए । 
 
कार्यक्रमको पहिलो सेसनमा ७ जना महिला फिल्मकर्मीले बनाएको छोटा फिल्म देखाएर तीमाथि छलफल समेत गरिएको थियो । उक्त कार्यक्रममा प्लान नेपालीकी रक्षा पौडेल, निर्देशक शान्ता नेपाली, नेपाली टेलिभिजनकी कार्यक्रम निर्माता नीता सापकोटा, ओनियन फिल्मका सह संस्थापक सुरत गिरी, पत्रकार तथा समीक्षक सामीप्यराज तिमल्सेना लगायतको सहभागिता रहेको थियो । 
 
छलफलमा सहभागी अधिकांश फिल्मकर्मीले आफूहरूले संस्थागत रुपमा अडियो भिज्युवल प्रडक्सनमा महिलाको सहभागिता बढाउने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेको जानकारी गराएका थिए । अधिकांशले लैंगिक विभेदलाई प्रश्रय दिने सामाजिक सोचमा परिवर्तन नल्याएसम्म नेपाली फिल्म क्षेत्रमा सोचेको जस्तो गरी महिला सहभागिता बढाउन नसकिने धारणा राखेका थिए । 
Most Visited News (monthly)