Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यार्सागुम्बा टिप्नेको कथामा ‘हाम्रो स्वर्ग’ बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2022/03/14
shovit basnet
 
बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्ने मान्छेहरुको कथामा फिल्म ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । चैत अन्तिम साताबाट छायांकन सुरु हुने फिल्मलाई शोभित बस्नेतले निर्देशन गर्नेछन् । शान्ता शर्माको लगानीमा निर्माण हुने फिल्मका लागि अहिले दुई अभिनेता र दुई अभिनेत्रीको खोजी भइरहेको छ । केही दिनमा कलाकारहरु छनोट गरेपछि वर्कसप सुरु गर्ने निर्माण टिमको तयारी छ ।
 
फिल्मले एउटा पृथक र वास्तविक कथा भन्ने निर्देशक बस्नेतले बताए । उनका अनुसार, फिल्मको कर्णाली प्रदेशका १० वटै जिल्लामा छायांकन गरिनेछ । एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा नवदत्त न्यौपानको संगीत र रामकृष्ण बुड्थापाको कथा रहेको छ । निर्मात्री शान्ता शर्माले फिल्मको कथा निकै मन परेकाले लगानी गर्न तयार भएको बताएकी छन् ।
 
एक समय फिल्म बनाउने मेशिनको रुपमा चिनिएका शोभित बस्नेतले पछिल्लो पटक फिल्म ‘डाँडाको वरपीपल’को निर्देशन गरेका थिए । उनले ‘हाम्रो स्वर्ग’ भने आफूले यसअघि निर्देशन गरेको फिल्मभन्दा पृथक हुने दाबी गरेका छन् । फिल्मको कथावस्तु अत्यन्त बलियो रहेको र त्यसलाई हुबहु पर्दामा उतार्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने निर्देशक बस्नेतको भनाई छ । 
Most Visited News (monthly)