Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमालले गरे नारायणी नदीको सरसफाइ

फिल्मीखबर, काठमाडौं, 2022/03/21
आजभोली अभिनेता राजेश हमालको बसाई काठमाडौंभन्दा मोफसलमा बढी हुने गरेको छ । घुमफिरका सौखिन उनी कहिले सांस्कृतिक कार्यक्रम त कहिले उद्घाटनको शिलशिलामा धेरै जसो राजधानीबाहिर निस्किरहेका हुन्छन् । यतिबेला उनी आफ्नो पुर्ख्यौली घर नवलपरासी पुगेका छन् । त्यही मेसोमा उनले सोमवार विहान ७ देखि ९ बजेसम्म नारायणी नदीको सरसफाइ गरे । 
 
rajesh hamal
 
हमाल नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका हुन् । हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका थिए । सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको सरसफाइ कार्यक्रममा राजेश हमाललाई स्थानीयले पनि साथ दिएका थिए ।  
 
rajesh hamal
 
हमालले स्थानीय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाई गर्न आग्रह गरेका छन् । उनले भने- ‘हामीले केहीबेर सफाई गरेर सधैंका लागि सफा हुने होइन । सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो । यहाँ घुम्न आउने पर्यटकहरु पनि यो कुरामा सचेत हुनुपर्छ ।’ उनले आफैंले सफारी गाडी हाँकेर त्यस क्षेत्रको अवलोकन समेत गरेका थिए ।
Most Visited News (monthly)