Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षाले छाडेको ‘२ नम्बरी’ उपासनाको हातमा

फिल्मीखबर, काठमाडौं, 2022/03/21
upasana singh thakuri
 
कोरोना महामारीका कारण २ वर्ष छायांकन रोकिँदा फिल्म ‘२ नम्बरी’को स्टारकास्टमा ठूलो हेरफेर भएको छ । अभिनेता पल शाह बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेकाले उनको ठाउँमा निर्माण टिमले अभिनेता सौगात मल्ललाई अनुबन्ध गर्‍यो । अब मुख्य नायिका पनि हेरफेर भएको छ । अभिनेत्री वर्षा राउतले हात झिकेपछि फिल्ममा उपासना सिंह ठकुरी भित्रिएकी छन् । 
 
उपासनासँग निर्माण पक्षले सोमबार कागजी सम्झौता गरेको हो । फिल्ममा उनको जोडी सौगात मल्लसँग बाँधिनेछ । उपासनाले फिल्ममा भित्रन पाउँदा आफूलाई खुशी लागेको बताउँदै सञ्चारकर्मीसँग भनेकी छन्, ‘म एकदमै खुशी छु । सौगात मल्ल दाईसँग काम गर्ने ठूलो सपना थियो । अब त्यो साकार हुँदैछ । फिल्मको टिम, कथावस्तु र चरित्र मन परेपछि काम गर्ने निर्णय गरेकी हुँ ।’
 
फिल्ममा दयाहाङ राई र भुटानी नायिका उगेन छोदेनको पनि मुख्य भूमिका रहनेछ । फिल्मको २०७६ सालको फागुनमा केही प्रतिशत छायांकन भएको थियो । तर, कोरोना महामारीका कारण छायांकन अधुरैमा रोकियो । अब फेरि सुरुबाटै छायांकन गर्न लागिएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । कथावस्तुलाई थप परिमार्जन गरेर बलियो बनाएको उनले जानकारी दिए । 
 
upasana singh thakuri
 
आउँदो कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । दुई मिल्ने साथीको कथामा बन्ने फिल्ममा दीपक मनाङ्गे र अमला देवी राइको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । पहिलो पटक सौगात र उपासनालाई पर्दामा हेर्न रोचक हुने देखिन्छ । दयाहाङ र उपासनाले भने फिल्म ‘कबड्डी ३’मा सँगै काम गरेका थिए ।
Most Visited News (monthly)