Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीताले चन्द्रलाई दिइन् ‘ह्रस्व–दीर्घ’ निर्देशनको जिम्मा

फिल्मीखबर, काठमाडौं, 2022/03/21
neeta dhungana
 
अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले अभिनय र निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व–दीर्घ’लाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गर्ने भएका छन् । सोमवार निर्मात्री ढुंगानाले चन्द्रसँग कागजी सम्झौता गरेकी हुन् । यसअघि यो फिल्मलाई नीता आफैंले निर्देशन गर्ने चर्चा थियो । तर, उनले तत्काल निर्देशन नगर्ने निधो गर्दै चन्द्रलाई एक्सन-कटको जिम्मेवारी सुम्पिएकी हुन् । 
 
चन्द्रले नीतालाई यसअघि एक भोजपुरी फिल्ममा निर्देशन गरिसकेका छन् । ‘ह्रस्व–दीर्घ’ भने उनको पहिलो निर्देशकिय नेपाली फिचर फिल्म हुनेछ । ‘निरहुआ चलल लण्डन’बाट भोजपुरी फिल्म निर्देशनमा डेब्यू गरेका उनी निर्देशित दुई भोजपुरी फिल्म ‘रण’ र ‘माही’ प्रदर्शनको पखाईमा रहेका छन् । उनीसँग सयभन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेको अनुभव छ । 
 
रियल जोडी समेत रहेका नीता र हरिहरको जोडी बाँधिने फिल्मको छायांकन आगामी वर्षको साउनपछि मात्र सुरु हुनेछ । नीता फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा हुने जानकारी प्राप्त छ । नेपाली र हिन्दी भाषामा निर्माण हुन लागेको फिल्ममा बलिउडका केही चर्चित कलाकारहरुको पनि अभिनय रहने बताइएको छ ।
 
निर्माता तथा अभिनेता हरिहर अधिकारीले फिल्म निर्माणमा बलिउडको ठूलो प्रोडक्सन हाउससँग सहकार्य हुनसक्ने बताए । उनले फिल्मलाई भारतको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिजका लागि पनि प्रयास भइरहेको जानकारी दिए । ७ करोड लागत अनुमान गरिएको फिल्ममा प्रायः प्राविधिकहरु बलिउडबाटै झिकाउने तयारीमा निर्माण टिम छ । फिल्म लभस्टोरी जनरामा निर्माण हुनेछ ।
Most Visited News (monthly)