Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5839 - 5844 of 23772
एजेन्सी, मुम्बई, 2022-03-22, मंगलवार

साउथ इन्डस्ट्रीका सुपरस्टार प्रभासले फिल्म ‘बाहुबली’बाट संसारभर जबर्जस्त क्रेज बनाएका छन् । उनका फिल्मप्रति दर्शकको ठूलो अपेक्षा हुने गरेको छ । तर, ‘बाहुबली’ सिरिजपछि अभिनय गरेका कुनै फिल्मले उनको स्टारडम बचाउन सकेका छैनन् । यसअघि उनी अभिनीत फिल्म ‘साहो’ बक्सअफिसमा पछारिएको थियो । अब अर्को फिल्म ‘राधे श्याम’ पनि डुबानमा परेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-03-22, मंगलवार

एक समय नेपाली फिल्मकी निर्विकल्प अभिनेत्री हुन्, तृप्ति नाडकर । फिल्म ‘सम्झना’बाट अभिनय यात्रा सुरु गरेकी उनले यसपछि करिअर फर्केर हेर्नु परेन । ‘साइनो’, ‘कुशुमे रुमाल’, ‘लाहुरे’, ‘कोसेली’ जस्ता यादगार फिल्ममा अभिनय गरेकी उनी पछिल्लो पटक २०७० सालमा फिल्म ‘मानव’मा देखिएकी थिइन् । तर, यो फिल्मको असफलतापछि उनी ठूलो पर्दाबाट हराएकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-03-22, मंगलवार

फिल्म रिलिजको समयमा कलाकारहरुले पब्लिसिटीमा साथ नदिनु फिल्म क्षेत्रको स्थायी समस्या हो । पारिश्रमिक बुझिसकेपछि प्रायः कलाकारहरु विभिन्न बहानामा प्रचार-प्रसारबाट पन्छिन खोज्छन् अनि निर्माता तथा निर्देशकहरु मिडियामा गुनासोको पोको खोल्न सुरु गर्छन् । हुन पनि, करोडौंको लगानीमा बनाएको फिल्मको प्रचार-प्रसारमा कलाकारले साथ नदिँदा निर्मातालाई पीडा हुन्छ नै ।

फिल्मीखबर, काठमाडौं, 2022-03-22, मंगलवार

यही चैत १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हेल्लो जिन्दगी’को रोमान्टिक गीत ‘अनौठो माया’ सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा एड्रिन प्रधान र रजिना रिमालको स्वर रहेको छ । अंग्रेजी र नेपाली शब्दलाई मिश्रण गरेर तयार गरिएको गीतमा अमित श्रेष्ठको संगीत र एभरेष्ट सूर्य बोहोराको शब्द रचना छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-22, मंगलवार

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोमवार तनहुँ जिल्ला प्रहरी कार्यालयले २१ दिन लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो । प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलको कार्यालयले मंगलवार दिउँसो अदालतमा मुद्धा दर्ता गरेको हो । 

फिल्मीखबर, काठमाडौं, 2022-03-22, मंगलवार

चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) मा प्रवेश गरेकी छन् । उनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खादा लगाएर स्वागत गरेका थिए । सातो साडी लगाएर कार्यक्रममा उपस्थित भएकी करिश्मा पार्टी प्रवेश गर्दा खुसी मुद्रामा देखिएकी थिइन् । 

Results : 5839 - 5844 of 23772
Most Visited News (monthly)