Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौ ३१ मा ‘लाखे’, ‘बाबरी’सँग हुनेछ भिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2022/03/22
movie lakhey
 
सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म ‘बाबरी’सँग सम्राट बस्नेत निर्देशित फिल्म ‘लाखे’ बक्सअफिसमा भिड्ने भएको छ । गत महिना ‘बाबरी’ले आउँदो भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । सोमवार ‘लाखे’ले पनि सोही मितिलाई प्रदर्शन मिति तोकेको छ । धेरै फिल्म रिलिजको पखाईमा रहेकाले आउँदो वर्ष प्रायः फिल्मले बक्सअफिसमा अनिवार्य भिडन्त गर्नुपर्ने देखिन्छ । 
 
‘लाखे’को वितरण अधिकार आरआर फिल्मस्ले लिएको हो । गत फागुनमा फिल्मको मुस्ताङ पुगेर क्लाइमेक्स खिचिएको थियो । फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, सुशील सिटौला, रोहित रुम्बा, अर्पण थापा, प्रशान्त ताम्रकार लगायतको अभिनय छ । सम्पूर्ण छायांकन पूरा भइसकेको फिल्म ४ करोडको लागतमा निर्माण भएको बताइएको छ । 
 
ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै हो । फिल्मको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । फिल्मको नाम ‘लाखे’ भए पनि लाखे नाच परम्परामाथि फिल्म पूरै नसमेटिएको निर्देशक सम्राट बस्नेतले जानकारी दिएका छन् ।
Most Visited News (monthly)