Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सानेको ‘सिटामोल’मा सौगात र बेनिशा

फिल्मीखबर, काठमाडौं, 2022/04/02
saugat malla and benisha hamal
 
फिल्म ‘झ्यानाकुटी’मा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले पहिलो पटक एकसाथ काम गरेका थिए । फिल्ममा झगडिया श्रीमान्-श्रीमतीको भूमिकामा अभिनय गरेका उनीहरुको केमेस्ट्रीलाई दर्शकहरुले रुचाएका थिए । यो फिल्मको सिक्वेलमा फेरि उनीहरु दोहोरिन लागेको चर्चा पनि चलेको थियो । तर, अब ‘झ्यानाकुटी २’ निर्माण हुने वा नहुनेमै अन्योल देखिएको छ ।
 
यसबीच, सौगात र बेनिशाले एक नयाँ फिल्ममा भने एकसाथ काम गर्ने भएका छन् । ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’, ‘गूड फ्रेन्ड’ जस्ता फिल्मको निर्देशन गरिसकेका राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म ‘सिटामोल’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । सौगात मल्लको समय मिलेको खण्डमा जेठ अन्तिमबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक साने छन् । 
 
सौगातले पहिलो लकडाउनमै यो फिल्म साइन गरेका थिए । फिल्ममा बेनिशा भित्रिएको भने दुई महिना भएको छ । कोरोनाका कारण दुई वर्ष छायांकनमा जान नसकेको फिल्म यतिबेला सौगातको व्यस्तताले छायांकनमा ढिलाई भएको छ । चैत अन्तिमबाट उनी फिल्म ‘दुई नम्बरी’को छायांकनमा व्यस्त हुँदैछन् । यसपछिको समय भने निर्देशक सानेले ‘सिटामोल’का लागि मागेका छन् ।
 
फिल्मको कथा साने स्वयंको हो भने पटकथा प्रदीप भारद्वाजले तयार पारेका छन् । निर्देशक सानेले फिल्मको बारेमा भने- ‘नामले नै फिल्मको थिम प्रस्ट्याउँछ । फिल्मले नेपाली समाजमा घटिरहेको वास्तविक घटनालाई नै भन्नेछ । हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रुपमा फिल्म बन्नेछ ।’ ‘सिटामोल’ आफ्नो करिअरकै उत्कृष्ट फिल्म बन्ने उनको दाबी छ ।
Most Visited News (monthly)