Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आरआरआर’को दबदबाबीच प्रदर्शनमा उत्रियो ‘हेल्लो जिन्दगी’

फिल्मीखबर, काठमाडौं, 2022/04/01
hello jindagi
 
गत शुक्रवारबाट प्रदर्शनमा आएको साउथको महंगो फिल्म ‘आरआरआर’ले नेपालमा आफ्नो पकड बनाइराखेको छ । पहिलो हप्ता हरेक मल्टीप्लेक्सहरुमा सर्वाधिक शोजका साथ हाउसफुल व्यापार गरेको फिल्मले दोस्रो हप्तामा पनि उल्लेख्य संख्यामा शो पाएको छ । यसबीच, शुक्रवार (आज) बाट ‘आरआरआर’लाई चुनौती दिन नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा उत्रिएको छ । 
 
‘आरआरआर’का कारण मल्टीप्लेक्समा कमजोर शो पाएको फिल्मले सिंगल थिएटर भने अधिकांश आफ्नो कब्जामा पारेको छ । यसअघि यो फिल्म चैत ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । ‘आरआरआर’कै कारण एक हप्ता पछाडि सरेको फिल्मलाई एभरेष्ट सूर्य बोहोराले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्मलाई वास्तविक घटनाबाट प्रभावित भनिएको छ ।
 
निर्देशक बोहराकै लेखन रहेको फिल्ममा विक्रम डि जोशी, दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ । कोभिडको समयमा नेपाल र बेलायतमा छायांकन भएको फिल्म २ करोडको लागतमा निर्माण भएको हो । 
 
नायक समेत रहेका विक्रम डि जोशी फिल्मको निर्मातामा छन् भने हिराल जोशीले निर्माणमा साथ दिएकी छन् । त्यस्तै, कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई विक्रमले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
Most Visited News (monthly)