Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ४’को ‘तिमी र म’ गीतमा अनमोल र सुहानाको प्रेम

फिल्मीखबर, काठमाडौं, 2022/04/02
ANMOL KC, SUHANA THAPA
 
बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘ए मेरो हजुर ४’को तेस्रो गीत सार्वजनिक भएको छ । शनिवार यूट्युबमा सार्वजनिक भएको ‘तिमी र म’ बोलको गीतमा उदयराज पौडेलको स्वर रहेको छ भने प्रतिक पौडेलको शब्द तथा संगीत छ । रामजी लाछिमानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका नायक अनमोल केसी र नायिका सुहाना थापा फिचर छन् ।
 
सञ्जय लामाको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको गीतले प्रेमभाव बोल्छ । अनमोल र सुहाना रोमान्टिक अवतारमा प्रस्तुत भएको गीतको भिडियोमा उनीहरुको केमेस्ट्री मिलेको देखिन्छ । फिल्मको यसअघि शिर्ष गीत र ‘सुन्तला’ बोलको गीत सार्वजनिक भइसकेको छ, जसलाई दर्शकहरुले निकै रुचाएका छन् । ट्रेलरलाई पनि दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।
 
झरना थापा निर्देशित फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन् । पटकथा र संवादमा उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।
 

Most Visited News (monthly)