Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थलपति विजयको फ्यान शाहरुख

एजेन्सी, मुम्बई, 2022/04/06
Shah Rukh Khan Thalapathy Vijay
 
साउथ फिल्म ‘केजीएफ २’ र बलिउड फिल्म ‘जर्सी’ भन्दा एक दिन अगाडि १३ अप्रिलमा थलपति विजय स्टारर तमिल फिल्म ‘बिस्ट’ रिलिज हुँदैछ । हिन्दीमा ‘रॉ’ शिर्षकमा रिलिज हुन लागेको फिल्मलाई दक्षिण भारतमा उत्सुकताका साथ हेरिएको छ भने ‘केजीएफ’का लागि सम्भावित चुनौती मानिएको छ । फिल्मको ट्रेलर बलिउड सुपरस्टार शाहरुख खानले समेत ट्विटरमा शेयर गरेका छन् । 
 
शाहरुखले आफू थलपति विजयको फ्यान रहेको बताउँदै ट्विटरमा लेखेका छन्, ‘निर्देशक एटलीसँगै म पनि विजयको ठूलो फ्यान हुँ । ‘बिस्ट’को टिमलाई शुभकामना । ट्रेलर मीनर, लीनर र स्ट्रङ्ग देखिएको छ ।’ शाहरुखको यो ट्विटले उनी एटलीसँग फिल्ममा सहकार्य गर्न लागेको कुरामा पनि बल मिलेको छ । एटलीले ‘थलपथि ६३’, ‘मेर्सल’, ‘थेरी’ जस्ता तमिल फिल्मको निर्देशन गरिसकेका छन् ।
 
‘बिस्ट’ एक होस्टेज एक्सन थ्रिलर ड्रामा हो, जसमा विजय एक स्पाईको भूमिकामा छन् । ट्रेलरमा देखाइएको छ कि एक मलमा आतंकवादीहरुले कयौं मानिसलाई बन्धक बनाएका छन् र त्यहाँ विजय पहिल्यैदेखि हुन्छन् । ट्रेलर जबर्जस्त एक्सन सिक्वेन्सले सजिएको छ भने ब्याकग्राउन्ड म्यूजिक पनि सानदार छ । पूजा हेगडेको पनि मुख्य भूमिका रहेको फिल्मलाई नेलसनले निर्देशन गरेका हुन् ।
 
Most Visited News (monthly)