Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

के रोकिएला नेपालमा हिन्दी डब फिल्म ?

फिल्मीखबर, काठमाडौं, 2022/04/20
कुनै बेला नेपाली फिल्मलाई बलिउड र हलिउड फिल्मको ठूलो त्रास थियो । त्यो अझै पनि कायम छ । तर, केही वर्षयता साउथ फिल्मले समेत नेपाली फिल्मलाई लखेटिरहेको छ । नेपालमा साउथ फिल्मको बढ्दो क्रेज र सस्तोमा राइट्स पाइने भएकाले नेपालमा साउथको हिन्दी डब खुल्लम खुल्ला भित्रिरहेका छन् । जसले गर्दा नेपाली फिल्मको रिलिज र व्यापार चौपट बनेको छ ।
 
नेपालमा हिन्दी डब फिल्मको अतिक्रमण बढ्न थालेपछि चलचित्र विकास बोर्डले यसलाई रोक्न कडा कदम चालेको छ । मंगलवार बोर्डमा बसेको बैठकले नेपालमा साउथ फिल्मको हिन्दी डबको रिलिज रोक्नका लागि आग्रह गर्दै सञ्चार तथा सूचना मन्त्रालयलाई पत्रचार गरेको छ । डब फिल्मलाई रोक्नका लागि मात्र मन्त्रालयलाई पत्रचार गरिएको अध्यक्ष दयाराम दाहालले जानकारी दिए ।
 
puspa
 
बोर्डको निर्णयमा मन्त्रालयले लालमोहर लगाएको खण्डमा हिन्दीमा डब भएका भारतका विभिन्न प्रान्तिय भाषा (तमिल, तेलुगू, कन्नड लगायत) का फिल्म नेपाल भित्रिन पाउने छैनन् । त्यस्तै, बोर्डले देशभरका प्रदर्शकहरुलाई कार्यालयमा बोलाएर अबदेखि सिनेमा हलले नेपाली र विदेशी फिल्मको शो संख्या राख्दा र टिकट दर निर्धारण गर्दा बोर्डबाट अनुमति लिन निर्देशन दिएको छ । 
 
मंगलवार बोर्डका पदाधिकारीहरुसँगको छलफलमा प्रदर्शकहरुले चौबीसै घण्टा सिनेमा हल सञ्चालन गर्ने नियम ल्याउन आग्रह गरेका छन् । यसबारेमा बोर्ड सकारात्मक देखिएको छ । दर्शकहरु आउने स्थिति भए सुरक्षाको मापदण्ड पालन गरेर जुनसुकै समयमा हल चलाउन पाइने व्यवस्था लागू गर्न बोर्डले सञ्चार र गृह मन्त्रालयसँग आग्रह गर्ने निर्णय गरेको जानकारी प्राप्त छ । 
 
अहिले बिहान साढे ६ बजे सुरुदेखि राति १० बजेसम्म हल चलाउन पाइने व्यवस्था छ । तर, राजधानीका केही हलहरुले चलचित्र विकास बोर्डबाट अनुमति नै नलिइ र टिकट दर उल्लेख नगरी साउथ फिल्म ‘केजीएफ : च्याप्टर–२’लाई मध्यराती पनि चलाएका थिए । गृह मन्त्रालयले सुरक्षा दिने प्रतिबद्धता जनाएको अवस्थामा मात्र सिनेमा हलहरु चौबीसै घन्टा सञ्चालनमा आउन सक्नेछन् । 
 
चलचित्र विकास बोर्डले बक्सअफिस कार्यान्वयनमा पनि कडाई गर्ने भएको छ । निर्माताहरुबाट बक्सअफिस कार्यान्वयन नभएको गुनासो आएपछि बोर्डले बक्सअफिसमा रियलटाइम डाटा उपलब्ध नगराउने र सही डाटा नपठाउने देशभरका हललाई कारवाही गर्ने तयारी थालेको हो । सिनेमा हलहरुले बक्सअफिसमा रियलटाइम डाटा उपलब्ध नगराउँदा राजस्व समेत छली हुने गरेको छ ।
Most Visited News (monthly)