Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘के घर के डेरा’मा सुरक्षा पन्तको प्रवेश

फिल्मीखबर, काठमाडौं, 2022/04/22
दीपेन्द्रको फिल्ममा किन छुट्दिनन् सुरक्षा ?
 
निर्माणको तयारीमा रहेको फिल्म ‘के घर के डेरा’मा अभिनेत्री सुरक्षा पन्तको प्रवेश भएको छ । उनीसँग शुक्रवार निर्माण टिमले कागजी सम्झौता गरेको हो । उनी फिल्ममा कसैको ठाउँमा भित्रिएकी भने होइनन् । निर्देशक र निर्माता हेरफेर भएसँगै कथावस्तुमा पनि केही परिवर्तन गरिएपछि निर्माण पक्षले मुख्य भूमिकामा एक कलाकार बढाउँदै सुरक्षालाई अनुबन्ध गरेको हो । 
 
फिल्ममा सुरक्षाको प्रवेशसँगै कलाकारको लाइनअप पूरा भएको छ । फिल्ममा यसअघि दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गर्दैछन् । उनले सुरक्षालाई चौथो पटक निर्देशन गर्न लागेका हुन् । यसअघि उनीहरुबीच तीनवटा फिल्म ‘धनपति’, ‘चंगाचेट’ र ‘आमा’मा सहकार्य भएको थियो ।
 
त्यस्तै, सुरक्षाले दयाहाङसँग ‘भैरे’, विपिन र वर्षासँग ‘गोपी’मा काम गरेकी थिइन् । हालै फिल्म ‘आमा’बाट राष्ट्रिय चलचित्र पुरस्कार जितेकी उनी भर्सटायल अभिनेत्रीको रुपमा चिनिन्छिन् । कमर्शियल र आर्ट दुवै खालका फिल्ममा अभिनय गर्दै आएकी उनी ‘के घर के डेरा’मा दयाहाङ र विपिनमध्ये कसको जोडी बनेर देखिनेछिन्, यसबारेमा भने निर्माण टिमले कुनै जानकारी दिएको छैन । 
 
ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । दीर्घ गुरुङले खिच्ने फिल्मको कथा सिंगो लामाको हो भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । बैशाख २२ गतेबाट छायांकन सुरु हुन लागेको फिल्मलाई जिजिए ग्रुप (करण श्रेष्ठ) ले वितरणको जिम्मा लिएको छ ।
Most Visited News (monthly)