Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपसिनेले विदेशमा प्रदर्शन गर्दै ‘म यस्तो गीत गाउँछु २’

फिल्मीखबर, काठमाडौं, 2022/04/25
ma yesto geet gauchhu 2
 
२०७८ सालको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’ अब विदेशमा प्रदर्शन हुने भएको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको वितरण गर्दै आएको नेपसिनेले अमेरिका, यूके, अष्ट्रेलिया, क्यानडालगायतका देशको प्रदर्शन अधिकार किनेको हो । सोमबार नेपसिनेका नेपाल प्रमुख विधान कार्कीसँग निर्माताद्वय सुदर्शन थापा र पूजा शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
 
मे महिना (जेठ) बाट फिल्म विदेशमा प्रदर्शन हुन थाल्ने नेपसिनेका कार्कीले जानकारी दिए । क्यानडामा एश्लिसा इन्टरटेन्मेन्टसँग सहकार्य गरेर नेपसिनेले फिल्म प्रदर्शन गर्नेछ । विदेशमा ‘म यस्तो गीत गाउँछु २’को राम्रो माग भएका कारण अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको नेपसिनेका कार्कीले बताए । विदेश भूमिमा पनि फिल्मले दर्शकको राम्रो साथ पाउने उनको विश्वास छ ।
 
सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको अभिनय छ । निर्मात्री तथा अभिनेत्री पूजा शर्माले नेपालमा जस्तै विदेशमा पनि दर्शकहरुले फिल्मलाई मन पराउने विश्वास व्यक्त गरिन् । यो लभस्टोरी फिल्ममा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।
Most Visited News (monthly)