Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकाको फिल्म फेस्टिभलमा महेशले जिते उत्कृष्ट अभिनेताको अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2022/04/26
Mahesh Tripathi
 
अमेरिकाको टेक्सासमा यही अप्रिल २० देखि २४ सम्म आयोजना भएको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा नेपाली अभिनेता महेश त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । उनले फिल्म ‘हल्कारा’ (द पोस्टम्यान) बाट अवार्ड प्राप्त गरेका हुन् । उनले उत्कृष्ट अभिनेताको मनोनयनमा अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धा गरेका थिए ।
 
अभिनेता त्रिपाठीले संसारकै तेस्रो पुरानो र प्रतिष्ठित फिल्म फेस्टिभलमा नेपालबाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्नु आफ्नो लागि ठूलो उपलब्धि र खुशीको कुरा रहेको बताए । यो अवार्डले आफूलाई थप हौसला र प्रोत्साहन गरेको उनको भनाई छ । उनले आफ्नो अभिनय करिअरमा जितेको यो पहिलो अन्तर्राष्ट्रिय अवार्ड हो । ‘हल्कारा’लाई अब हलमा प्रदर्शन गर्ने तयारी गरिएको छ । 
 
फेस्टिभलमा २३ तारिखमा प्रिमियर भएको फिल्मले प्लाटिनम रेमी अवार्ड र यही फिल्मबाट छायांँकार चिन्तनराज भण्डारीले गोल्ड रेमी अवार्ड पनि जितेका छन् । फिल्ममा महेशसँगै बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की लगायतको अभिनय छ । विक्रम सापकोटा निर्देशित यस फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् ।
Most Visited News (monthly)