Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हिरोपन्ती २’ र ‘रनवे ३४’को व्यापार दयनीय

एजेन्सी, मुम्बई, 2022/05/01
Heropanti 2, Runway 34 Movie Release LIVE Updates: Ajay Devgn, Amitabh  Bachchan, Rakul Preet Singh, Runway 34, Tiger Shroff, Tara Sutaria,  Nawazuddin Siddiqui, Heropanti 2 Film Launch Live News, Where to Watch,
 
साउथ फिल्म ‘केजीएफ २’को दबदबाबीच यसै साताको शुक्रवारबाट प्रदर्शनमा आएको दुई बलिउड फिल्म ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ बक्सअफिसमा निरीह देखिएका छन् । ट्रेलरले दुवै फिल्मप्रति अपेक्षा चुल्याएको भए पनि दर्शकहरुले हलसम्म पुग्ने जाँगर चलाएका छैनन् । जसले गर्दा दुवै फिल्मले बक्सअफिसबाट लगानीको ५० प्रतिशत उठाउने सम्भावना पनि न्यून देखिएको छ । 
 
अभिनेता टाइगर श्राफको स्टारडमले फिल्म ‘हिरोपन्ती २’ कमाईमा बलियो हुने धेरैको आँकलन थियो । त्यसमाथि ट्रेलर जबर्जस्त थियो । तर, फिल्मले बक्सअफिसमा कमजोर ओपनिङ गरेको छ । पहिलो दिन ७ करोड कमाएको फिल्मले दोस्रो दिन झन् कमजोर व्यापार गर्‍यो । शनिवार फिल्मले ५ करोड ५० लाख कमायो । फिल्मको दुई दिने कमाई १२ करोड ५० लाख पुगेको छ ।
 
त्यस्तै, अभिनेता अजय देवगन अभिनीत फिल्म ‘रनवे ३४’को व्यापार ‘हिरोपन्ती २’को भन्दा कमजोर छ । फिल्मले पहिलो दिन ५ करोड २५ लाख र दोस्रो दिन ३ करोड ५० लाख गरी जम्मा ८ करोड ७५ लाख कमाएको छ । दुई बलिउड फिल्मलाई प्रदर्शनको पहिलो हप्ता ५ करोड कमाउन पनि मुश्किल पर्दा ‘केजीएफ २’ले तेस्रो हप्तामा समेत ७-८ करोडमाथिको कमाई गरिरहेको छ ।
Most Visited News (monthly)