Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भूल भूलैया २’को व्यापारमा उछाल, कार्तिकको स्टारडम चम्कियो

एजेन्सी, मुम्बई, 2022/05/22
 
कोरोना महामारीयता ठूला साउथ फिल्मको बाढीले धेरै बलिउड फिल्मलाई बगायो । ‘जर्सी’, ‘हिरोपन्थी २’, ‘रनवे ३४’ जस्ता फिल्म साउथको चेपुवामा परे । विस्तारै साउथ फिल्मको प्रभाव कम हुन थालेपछि बलिउड फिल्मको व्यापारमा सुधार हुन थालेको छ । यसको प्रमाण शुक्रवार रिलिज भएको अभिनेता कार्तिक आर्यन र अभिनेत्री कियारा आडवाणी स्टारर फिल्म ‘भूल भूलैया २’ हो ।
 
हरर-कमेडी जनराको यो फिल्मले पहिलो दिन नै बम्पर ओपनिङ गर्‍यो । पहिलो दिन १४ करोड ११ लाख कमाएको फिल्मले दोस्रो दिन बक्सअफिसमा उछाल ल्यायो । आइतवार विदाको दिन १८ करोड ३४ लाखको कमाई गर्दै फिल्मले दुई दिनमा ३४ करोड ४५ लाख जोड्न सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले पहिलो विकेन्डमा फिल्मले ५५ करोड छाप्ने आँकलन गरेका छन् ।
 
कमाईमा ठूलो गिरावट नआए फिल्मले प्रदर्शनको दोस्रो विकेन्डसम्ममा सय करोडको कलेक्सन गर्ने अनुमान गरिएको छ । ‘भूल भूलैया २’ले २०२२ मा प्रदर्शनमा आएका बलिउड फिल्ममध्ये सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको छ । यसअघि फिल्म ‘बच्चन पान्डे’ले पहिलो दिन १३ करोड २५ लाख र फिल्म ‘गंगूबाई काठियावाडी’ले १० करोड ५० लाखको कमाई गर्न सफल भएका थिए ।
 
‘भूल भूलैया २’ कार्तिकको करिअरको पनि सबैभन्दा ठूलो ओपनर फिल्म बनेको छ । यसअघि उनी अभिनीत ‘लभ आज कल’ले १२ करोड ४० लाख, ‘पति पत्नी और वो’ले ९ करोड १० लाख, ‘लुका छुपी’ले ८ करोड, ‘प्यार का पंचनामा २’ ले ६ करोड ८० लाख र ‘सोनू के टीटू की स्वीटी’ले ६ करोड ४२ लाख कमाएको थियो । ‘भूल भूलैया २’ले कार्तिकको स्टारडम थप बलियो बनाएको छ । 
Most Visited News (monthly)