Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सुहानाको दुवै हातमा लड्डू

फिल्मीखबर, काठमाडौं, 2022/05/22
suhana thapa
 
नेपाली फिल्ममा सीमित स्टार किड्सले मात्र सफलताको उचाइँ छोएका छन् । अभिनेता भुवन केसी पुत्र अनमोल केसी र अभिनेत्री झरना थापाकी सुपुत्री सुहाना थापा स्टार किड्सको भीडमा सर्वाधिक सफल हुनेमा पर्छन् । आमाको गर्विलो विरासत बोकेर फिल्म ‘ए मेरो हजुर ३’बाट अभिनेत्रीको रुपमा पाइला चालेकी सुहानाले पहिलो प्रयासमै सफलताको झन्डा गाड्न सफल भएकी थिइन् ।
 
फिल्ममा डेब्यू गर्नुअघि उनी अमेरिकामा बसेर अध्ययन गर्दै आएकी थिइन् । उनी अध्ययन पूरा गरेपछि मात्र फिल्ममा आउने सोचमा थिइन् । तर, पिता सुनिल कुमार थापाको आग्रहमा उनी अध्ययनकै क्रममा हिरोइन बनिन् र दर्शकले पनि स्वीकार गरे । अध्ययन र अभिनयलाई एकसाथ लिएर हिँड्दै गरेकी उनको दोस्रो फिल्म ‘ए मेरो हजुर ४’ बैशाख १ गते प्रदर्शनमा आएको थियो ।
 
यो फिल्मले पनि उनलाई सफलताको सुःखसँँगै अभिनयको प्रशंसा गुथायो । फिल्म सफल भएसँगै उनी गत साता माता र पिताको साथमा अमेरिका उडेकी थिइन् । शनिवार उनले लामो समय अमेरिका बसेर अध्ययनमा गरेको मेहेनतको प्रतिफल पाएकी छन् । आफू अध्ययनरत जोर्ज मेसन यूनिभर्सिटीबाट उनी दीक्षित भएकी छन् । उनले मनोविज्ञान विषयमा ग्रयाजुएसन पूरा गरेकी हुन् ।
 
एकातिर ‘ए मेरो हजुर ४’को सफलता अनि अर्कोतिर ग्रयाजुएसन पूरा हुँदा सुहानाका लागि दुवै हातमा लड्डू झैं भएको छ । अब उनी अमेरिकाको केही राज्यमा हुने ‘ए मेरो हजुर ४’को प्रिमियरमा सहभागी हुनेछिन् । अमेरिकाबाट फर्केपछि उनले नयाँ फिल्म ‘भागवद् गीता’मा अभिनय गर्नेछिन् । उनी अमेरिका उड्नुअघि फिल्मको जनकपुरधाममा टिजरको छायांकन गरिएको थियो ।
 

Most Visited News (monthly)